प्रदेश १ : कांग्रेस संसदीय दलको नेतामा भएन सहमति, शुक्रबार निर्वाचन

लोकपथ
35
Shares
df]/ª,!! k’; -/f;;_M k|b]z g+ ! sf k|b]z ;efsf ;efWoIf Pj+ h]i7 ;b:o uofgGb d08n ugufO{ k|b]z ;efsf ;b:ox?nfO{ cfOtjf/ k|b]z ;ef ejg lj/f6gu/df cfof]lht kb tyf uf]klgotfsf] ;ky u|x0f u/fpg’ x’Fb} . . tl:a/ M dgf]h bfxfn ÷/f;;

काठमाडौं । प्रदेश नं १ मा नेपाली कांग्रेसले संसदीय दलको नेता चयनमा सकस परेको छ ।

नेताहरुले आ–आफ्नो दाबी नछोडेपछि पुष १५ गते शुक्रबार निर्वाचन हुने भएको हो ।

हालसम्म दलको नेतामा ५ जना आकांक्षीको रुपमा रहेका छन् । आकांक्षीमध्येबाट सहमति जुटाउने प्रयास भए पनि सम्भव नभएपछि निर्वाचन हुन लागेको हो ।

हालसम्म दलको नेताको आकांक्षीमा कांग्रेस प्रदेश सभापति उद्धव थापा, केन्द्रीय सदस्यहरु अमृत अर्याल र भीम पराजुली त्यस्तै हालका आन्तरिक मामिलामन्त्री केदार कार्की र भौतिक पूर्वाधार मन्त्री हिमाल कार्की रहेका छन् ।

मन्त्री समेत रहेका केदार कार्की शेखर कोइराला निकट नेता हुन् । त्यस्तै प्रदेश सभापति थापा कृष्ण सिटौला समूहका हुन् । यता पराजुली र अर्याल संस्थापन समूहका हुन् ।

लामो छलफलपछि पनि दलको टुंगो नलागेपछि आन्तरिक प्रतिष्पर्धा नै हुन लागेको हो । नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेता छनोटका लागि राष्ट्रिय सभा कांग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझीको संयोजक रहेका छन् ।

कार्यदलले बिहीबार मनोनयनसहित अन्य कार्यविधि समेत तयार गरेको छ । कार्यदलले दलको नेतामा प्रतिष्पर्धा गर्नेहरुको दर्ता शुल्क २५ हजार तोकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?