नवनियुक्त गृहमन्त्रीसँग महासङ्घको औपचारिक भेटवार्ता

लोकपथ
21
Shares

काठमाडौं । नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको पदाधिकारी प्रतिनिधिमण्डलले आज गृह मन्त्रालयमा भेटवार्ता गरेको छ ।

सो अवसरमा महासङ्घका अध्यक्ष गोल्छाले नवनियुक्त गृहमन्त्रीलाई सिङ्गो निजी क्षेत्रका तर्फबाट बधाई एवं शुुभकामना दिए । अध्यक्ष गोल्छाले मुुलुकको उद्योग व्यवसाय र अर्थतन्त्रका विविध पक्षमाथि ब्रिफिङ गरे ।

सो अवसरमा महासङ्घ तथा जिल्ला र नगर उद्योग वाणिज्य सङ्घ, वस्तुुगत सङ्घका पदाधिकारी एवं कार्य समितिका सदस्य उद्योगी व्यवसायीको मर्यादाक्रमको उचित प्रबन्धका लागि अनुरोध गरेको थियो ।

त्यसैगरी सीमा क्षेत्रबाट हुने अवैध आयात र व्यापार नियन्त्रणमा पनि महासङ्घले भेटवार्ताका गृह मन्त्रीसमक्ष अनुरोध गरेको थियो । भेटवार्तामा शान्ति सुरक्षाको विषयमा पनि जोड दिएको महासङ्घले जनाएको छ ।

जिल्ला जिल्लामा हुने औद्योगिक व्यापारिक मेला महोत्सवको आयोजना उद्योग वाणिज्य सङ्घबाट गर्ने व्यवस्थाका लागि सहयोग गर्न आग्रह गरिएको थियो । सो अवसरमा नवनियुक्त गृहमन्त्री लामिछानेले महासङ्घको शुुभकामना तथा सदासयताका लागि आभार प्रकट गरेको महासङ्घले जनाएको छ ।

गृहमन्त्री लामिछानेले देशका लागि अर्थतन्त्र, उद्योग व्यवसायको महत्वलाई आफूले राम्रोसँग मनन गरेकाले भेटवार्तामा महासङ्घले राखेका सुुझावलाई आफूले गम्भीरतापूर्वक अध्ययन गरी कार्यान्वयनमा सकेको सहयोग गर्ने विश्वास दिलाए । महासङ्घले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग पनि भेटवार्ता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?