रजनीकान्तका फ्यानको पागलपन, तीन मिनेटसम्म रोक्नुपर्‍यो फिल्म

काठमाडौं । अक्षयकुमार र रजनीकान्त स्टारर फिल्म ‘२.०’ बिहीवारदेखि रिलिज भयो । रजनीकान्त र अक्षयकुमारको करिअरको यो फिल्म सबैभन्दा बढी महंगो फिल्म पनि हो । यो फिल्मलाई भारतीय फिल्म इतिहासको सबैभन्दा महंगो फिल्म पनि भनिएको छ ।

फिल्मको कुल बजेट ५ सय १४ करोड बताएको छ निर्माण टिमले । फिल्मलाई रजनीकान्तका फ्यानले निकै रुचाएका छन् ।

कैयन् सिनेमाघरका बाहिर जहाँ रजनीकान्तको विशाल पोस्टर या मूर्ति राखिएको थियो, त्यहाँ फ्यानले नाचगान समेत गरेका छन् । फिल्म चलिरहेका बेलाको एउटा भिडियो भाइरल भइरहेको छ ।

भिडियोमा देखाइएको छ कि, सिनेमाघरमा फोटोग्राफी भएको छ र मान्छे हलभित्र नै नाचगान गरिरहेका छन् । जसका कारण फिल्मको स्क्रिनिङ नै रोकिएको छ ।

उक्त भाइरल भिडियोमा फिल्म तीन मिनेट रोकिएको समेत लेखिएको छ । जब फिल्ममा रजनीकान्तको इन्ट्री हुन्छ, त्यतिबेला नाचगान गर्न फिल्म नै रोकिएको थियो ।

यो फिल्ममा रजनीकान्तसँगै अक्षयकुमार र एमी ज्याक्सनको पनि मुख्य भूमिका रहेको छ । फिल्मलाई शंकरले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?