काठमाडौं । नयाँ सरकारसँगै दुई दिन हरियाली छाएको सेयर बजार कारोबारको चौथोँ दिन बजार ओरालो लागेको छ ।
सोमबार र मंगलबार सुधार देखिएको सेयर बजारमा बुधबार ११ दशमलव ८१ अंकको गिरावट आएको छ ।
त्यससँगै बजार १ हजार ९ सय ७२ बिन्दुमा रोकिएको छ ।
आज कुल २ अर्ब १५ करोड ३५ लाख ४७ हजार २ सय ७ अंकको कारोबार भएको छ ।
कारोबारको क्रममा तीन वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसो त नयाँ सरकार गठन सरकार गठन भएसँगै दुई दिनमा ११६ अंकले बढेको थियो ।
बजार बढेको मौका छोपी ट्रेडर हाबी हुँदा बजारमा असर परेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया