एजेन्सी । युरोपा लिग फुटबल प्रतियोगिता अन्तर्गत इंग्लिस क्लब आर्सनल विजयी भएको छ ।
बिहीवार राति सम्पन्न भएको समूह ‘इ’को खेलमा आर्सनलले युक्रेनी क्लब भोर्सक्ला पोल्ताभालाई ३-० गोल अन्तरले हराएको हो । खेल शुरु भएको १० मिनेट पनि बित्न नपाउँदै आर्सनलका लागि इम्ली स्मिथ रोले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
त्यस्तै २७ औँ मिनेटमा आर्सनले पेनाल्टी हान्ने मौका पायो । सो अवसरलाई सदुपयोग गर्दै आरोन राम्सेले गोल गर्दै क्लबको अग्रतालाई दोब्बर पारे । एक पक्षिय रहेको खेलको ४१ औँ मिनेटमा जोसेफ विलोकले गोल गरे । खेलको पहिलो हाफसम्म ३ गोल गरेको आर्सनलले दोस्रो हाफमा भने गोल गर्न सकेन ।
दोस्रो हाफमा सुधारिएको खेल खेलेको भोर्सक्ला पोल्ताभाले निर्धारित समयसम्म केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन । जितपछि ५ खेलबाट १३ अंक बनाएको आर्सनल समूहको शीर्ष स्थानमा छ । यसअघि नै नकआउट चरणमा पुगिसकेको आर्सनलको यो पाँचौ खेल हो । १० अंकका साथ स्र्पोटिङ दोस्रो स्थानमा छ ।
त्यस्तै बिहीवार राति नै भएको अर्को खेलमा सेल्टिकले रोसेनवर्गलाई १-० गोल अन्तरले पराजित ग-यो । रापिट भियनाले स्पार्टक मस्कोलाई २-१ गोल अन्तरले हरायो । यता रेन्जर्स र भिल्लारियलबीचको खेल भने गोल रहित बराबरीमा सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया