राष्ट्र बैंकले बिहिबार ५० अर्बको रिपो जारी गर्ने

लोकपथ
140
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबार ५० अर्ब रुपैंयाँ बराबरको रिपो जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सो दिन ४५ दिने अवधिको रिपो जारी गर्न लागिएको हो ।

रिपो खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् । राष्ट्र बैंकका अनुसार रिपोको परिपक्व हुने अवधि यही माघ २९ गते तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?