काठमाडौं । पुस २६ गतेबाट शहीद स्मारक ए डिभिजन लिगको संचालनमा ल्याउने अखिल नेपाल फुटबल संघ (एन्फा) को तयारी भएपनि लिगको आयोजना अझै अन्योलमा रहेको छ ।
ए डिभिजन लिगको आयोजनालाई लिएर अखिल नेपाल फुटबल संघ (एन्फा) र शीर्ष डिभिजनका क्लब निर्णायक छलफलमा जुटेका छन् ।
एन्फाले लिगको तयारी खर्च समयमै उपलब्ध नगराएको र क्लबहरुले विदेशी खेलाडीहरुलाई अनुबन्धन गर्न समय लाग्ने भएपछि लिग तोकिएकै समयमा आयोजना हुनेमा अन्योल देखिएको हो ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा आज दिउँसो एक बजे एन्फाका पदाधिकारी र क्लबका प्रतिनिधिहरुबीच बैठक बस्दै छ । उक्त बैठकले लिगको अन्योलता चिर्ने विश्वास लिइएको छ ।
पुस ७ गते एन्फामा बसेको बैठक बिना निष्कर्श टुङ्गिएको थियो । आज बस्ने बैठकपनि लिगको तयारी खर्च र लिग सञ्चालनको सम्पुर्ण खाकामा केन्द्रित रहने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया