लण्डन । बेलायतमा सन् २०१८ को जुन महिनामा देशबाट बाहिरने भन्दा भित्रिनेको संख्या धेरै रहेको पाइएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले बिहीवार सार्वजनिक गरेको विवरण अनुसार जुनमा कुल ६ लाख २५ हजार जना भित्रिएका छन् भने ३ लाख ५१ हजार जना बाहिरिएका छन् ।
कार्यालयले बेलायत आउने र बस्नेहरुको संख्या पहिलाभन्दा बढ्दै गएको देखिएको पनि जनाएको छ ।
बेलायत आउनेहरुमा पढ्ने र काम गर्ने उद्देश्य बनाएकाहरु धेरै रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
चीन र भारत लगायतका देशहरुबाट स्नातकोत्तर अध्ययनका लागि आउनेहरुको संख्या पहिला भन्दा अहिले १० प्रतिशतले बृद्धि भएको तथ्याङ्क कार्यालयको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया