युरोपा लिगमा चेल्सीको अपराजित यात्रा कायमै

एजेन्सी । जारी युरोपा लिग फुटबल प्रतियोगितामा इंग्लिश क्लब चेल्सीले जीत हात पारेको छ । 

बिहीवार राति भएको समूह ‘एल’को खेमा चेल्सीले ग्रिसको क्लब पिएओके सालोनिकालाई ४-० गोल अन्तरले पराजित गरेको हो । सातौं मिनेटको खेल चलिरहँदा खाचेरीदी रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि सालोनिका १० खेलाडीमा सिमित भएको थियो ।

खेलको २७ औँ मिनेटमा ओलिभर जिरुडले गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । त्यस्तै ३७ औँ मिनेटमा उनले दोस्रो गोल गरे । एक पक्षिय रहेको खेलको पहिलो हाफसम्म २-० गोल अन्तरले अगाडि रहेको चेल्सीका लागि ६० औँ मिनेटमा क्यालम हड्सनले गोल गरे ।

७८ औँ मिनेटमा  अल्भारो मोराटाले गोल गरेपछि सालोनिका स्तब्ध बनेको थियो । अपराजित चेल्सी जारी युरोपा लिगमा लगातार जीत निकाल्ने दोस्रो क्लब समेत बनेको छ । जितपछि चेल्सी १५ अंकका साथ आफ्नो समूहको शीर्ष स्थानमा छ । चेल्सीले यस अघि नै नकआउट चरणको यात्रा भने तय गरिसकेको छ । 

त्यस्तै बिहीवार राति नै भएको अर्को खेलमा बोर्डौसले स्लाभिय प्रगलाई २-० गोल अन्तरले, आर बि साल्जवर्गले आरबि लेइपजिङलाई १-० गोलले, बाटे बोरिसोभले मोल भिडीलाई २-० गोल अन्तरले तथा लार्नाकाले जुरिजलाई २-१ गोल अन्तरले पराजित ग-यो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?