चीनबाट आउने यात्रुका लागि अमेरिकाले ल्यायो नयाँ नियम, कोरोना नेगेटिभ भएको हुनुपर्ने

लोकपथ
98
Shares

काठमाडौं । चीनमा कोरोना महामारीको नयाँ लहरका कारण अवस्था त्रसित बनेको छ । चीनमा दिनहुँ लाखौं नयाँ कोरोना संक्रमित थपिँदै गएका छन् । एक महिनाभन्दा बढी समयदेखि चीनमा कोरोनाको नयाँ लहर शुरु भएको छ ।

चीनमा कोरोनाको यो लहरबाट अन्य देश पनि जोखिममा छन् । यसैलाई मध्यनजर गर्दै हालै अमेरिकाले नयाँ नियम लागू गरेको छ । अमेरिकाले चीनबाट आउने यात्रुका लागि नयाँ नियम ल्याएको हो ।

यो नियमअनुसार अबदेखि चीनबाट अमेरिका आउने सबै यात्रुको कोरोना परीक्षण अनिवार्य हुनेछ । यस नयाँ नियमको बारेमा अमेरिकी स्वास्थ्य अधिकारीहरूले बुधबार जानकारी दिएका हुन्।

अब चीनबाट आउने सबै हवाई यात्रुले कोरोना परीक्षण गर्दा नेगेटिभ आएको रिपोर्ट अनिवार्य रुपमा देखाउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?