राहुल गान्धीले ११३ पटक सुरक्षा निर्देशन तोडेको आरोप, थप सुरक्षा नदिइने

लोकपथ
91
Shares

काठमाडौं । भारत जोडो यात्रामा रहेका भारतीय कांग्रेस नेता राहुल गान्धीले आफैंले ११३ सुरक्षा निर्देशनहरू तोडेका छन्। केन्द्रीय रिजर्व पुलिस फोर्स (सीआरपीएफ)ले केन्द्रीय गृह मन्त्रालयलाई दिएको जवाफबाट यो जानकारी बाहिर आएको हो।

राहुलको सुरक्षाका लागि बुधबार कांग्रेसले गृह मन्त्रालयलाई पत्र लेखेको थियो । कांग्रेस नेता केसी वेणुगोपालले बुधबार केन्द्रीय गृहमन्त्री अमित शाहलाई पत्र लेखेर राहुल गान्धीको सुरक्षाको मुद्दा उठाएका थिए । उनले पत्रमा दिल्लीमा भारत जोडो यात्रामा राहुल गान्धीको सुरक्षामा कमी भएको बताएका थिए । पत्रमार्फत उनले केन्द्र सरकारसँग राहुल गान्धीलाई उचित सुरक्षा उपलब्ध गराउन माग गरेका थिए ।

कांग्रेसको यो पत्रमा सीआरपीएफले आफ्नो जवाफ पनि दिएको छ। केन्द्रीय गृह मन्त्रालयको जवाफमा सीआरपीएफले राहुल गान्धी आफैं आफ्नो सुरक्षाको बारेमा लापरवाह भएको उल्लेख गरिएको छ ।

सीआरपीएफको पत्रका अनुसार सन् २०२० देखि अहिलेसम्म राहुल गान्धी आफैले ११३ पटक सुरक्षा निर्देशन तोडेका छन् । सीआरपीएफको यो जवाफले राहुलको सुरक्षालाई लिएर कांग्रेसको नेताहरुमा निराशा बढेको छ ।

कांग्रेसको आरोप : प्रहरी मूक दर्शक बनेर बसेको छ

कांग्रेस महासचिव केसी वेणुगोपालले भारत जोडो यात्रामा जाने राहुल गान्धी र अन्य कांग्रेस नेता र कार्यकर्ताहरूको सुरक्षाको मुद्दा उठाएका थिए । उनले पत्रमा लेखेका छन् कि दिल्ली प्रवेश गरेपछि राहुल गान्धीको सुरक्षामा कयौं पटक सम्झौता भएको थियो। भीड राहुल गान्धीको नजिक पुग्ने गरेको छ , तर प्रहरी मूक दर्शक बनेर बसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?