काठमाडौं । नेपालमा अवैध रुपमा कमोडिटी मार्केट सञ्चालन गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार एक विदेशीसहित चारजनालाई पक्राउ गरिएको हो ।
स्रोतका अनुसार उक्त कम्पनीले दैनिक १ अर्ब बराबरको कारोबार गर्दै आएको थियो । जसका २५ हजारसम्म ग्राहक रहेको जनाइएको छ ।
वस्तु विनिमय ऐन–२०५४ विपरित धितोपत्र बोर्डबाट अनुमति नलिइ अन्धाधुन्ध रुपमा सञ्चालित उक्त कमोडिटी मार्केट कम्पनीबाट हजारौँ मानिस पीडत भएको प्रहरीको आशंका छ ।
यतिबेला अनुसन्धानकै क्रममा रहेकाले प्रहरीले पक्राउ परेका व्यक्ति र कम्पनीको नाम भने गोप्य राखेको छ ।
कुनैपनि वस्तु निश्चित मूल्य निर्धारण गरी विनिमय गर्ने प्रक्रियालाई कमोडिटी मार्केट भन्ने गरिन्छ । कमोडिटी मार्केटमा कृषिउपज, पशुपंछी, धातुमा सुन, चाँदी, तामा आदि कपास, कफी, कच्चा तेललगायत बस्तुको कारोबार हुन्छ ।
यी वस्तुहरु मूल्य दिनहूँजसो परिवर्तन हुने भएकाले उत्पादनकर्तालाई निश्चित आम्दानी र लगानीकर्ता नाफा सिर्जना गराउने उदेश्यले कमोडिटी मार्केट सञ्चालनमा आएको हो ।
उत्पादकहरूलाई भविष्यमा हुने मूल्यको घटबढको जोखिम कम गर्ने उद्देश्यले विश्वका कतिपय मुलुकमा यस्ता वस्तुहरूको व्यवस्थित तवरले स्टक एक्सचेञ्जमार्फत् कारोबार हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया