दाङमा हार्डवेयर व्यवसायीको हत्या

काठमाडौं । दाङको घोराहीमा एक व्यवसायीको हत्या भएको छ । 

घोराही उपमहानगरपालिका– १३ को सेवा खोला पुलनजिक बिहीवार राति हार्डवेयर व्यवसायी रोल्पाका ४९ वर्षीय नन्दबहादुर पुनको हत्या भएको हो । उनले घोराहीको वडा नं १४ माथिल्लो बसपार्कनजिक हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

बिहीवार बेलुका करिब ८ बजेति पुन बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयलका प्रमुख वेलबहादुर पाण्डेका अनुसार उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

व्यवसायी पुनको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?