साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल,५६.८८ अङ्कको वृद्धि

लोकपथ
28
Shares

काठमाडौं । साप्ताहिक कारोबारको अन्तिम दिन आज (बिहीबार) सेयर बजार बढेर २ हजारको विन्दुभन्दा माथि पुगेको छ । सेयर बजार परिसूचक (नेप्से) ५६.८८ अंकले बढेर २ हजार २९ दशमलव ३ विन्दुमा पुगेको छ ।

बिहीबार सेन्सेटिभ इन्डेक्स ९ दशमलव ९८ अंक, फ्लोट इन्डेक्स ३ दशमलव ८० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ३ दशमलव ९६ अंकले बढेको छ । बिहीबार बजारमा ८० लाख २४ हजार ५५९ कित्ता सेयर किनबेच हुँदा कुल २ अर्ब ८६ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

बिहीबार कारोबारमा आएका सबै उपसमूह बढेका छन् । बैंकिङ २४, विकास बैंक ११६, फाइनान्स ८७, होटल तथा पर्यटन ७६, जलविद्युत् १०५, जीवन बीमा ३८५, उत्पादन ११२, माइक्रोफाइनान्स ११३, निर्जीवन बीमा ३४८, अन्य ४१ र ब्यापार उपसमूह ४७ अंकले बढे । २०८ कम्पनीको सेयरमूल्य बढ्दा ६ कम्पनीको सेयरमूल्य घट्यो ।

८ कम्पनीको सेयरमूल्य भने १० प्रतिशतको हाराहारीमा बढ्यो ।  बिहीबार हिमालय ऊर्जा विकास, सानिमा लाइफ इन्स्योरेन्स, सिर्जनशील लघुवित्तको सेयरमूल्य १० प्रतिशत बढ्यो।

धौलागिरि लघुवित्त, अजोड इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, स्वेतगंगा हाइड्रोपावर, रिलायन्स लाइफ इन्स्योरेन्सको सेयरमूल्य ९ दशमलव ९ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, नेपाल टेलिकम, रिडी पावर, एनआईसी एसिया बैंक र नबिल बैंक क्रमशः अगाडि रहे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?