‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट

लोकपथ
210
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल फागुन १९ गतेबाट शुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजन क्लबबीच बिहीबार बसेको बैठकले लिग फागुन १९ गतेबाट शुरु गर्ने निर्णय गरेको हो ।

यसअघि एन्फाले पुस २६ गतेबाट लिगको आयोजना हुने भन्दै मिति तय गरेको थियो । एन्फाले लिगको तयारी खर्च समयमै उपलब्ध नगराएको र क्लबहरुले विदेशी खेलाडीहरुलाई अनुबन्धन गर्न समय लाग्ने भएपछि लिग तोकिएकै समयमा आयोजना हुनेमा अन्योल देखिएको थियो ।

May be an image of 6 people, people standing and people sitting

लिगको मिति तय गर्न आज बसेको निर्णयक बैठकले ‘ए’ डिभिजन डबल राउण्ड रोबिनको आधारमा हुने निर्णय गरेको हो ।

फागुन १९ बाट शुरु हुने लिगको विजेताले ७५ लाख पाउने भएको छ । त्यस्तै, दोस्रो हुने टिमले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउने एन्फाका प्रवक्ता सुरेस शाहले लोकपथलाई जानकारी दिए ।

फेयर प्ले पुरस्कार पनि ३ लाख पुर्याइएको छ । त्यस्तै, मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?