काठमाडौं । विभागिय टिम नेपाल पुलिस क्लब जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रवार भएको पाँचौ चरणको पहिलो खेलमा पुलिस क्लबले न्युरोड टिम ‘एनआरटी’लाई हराउँदै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको हो । खेलको ४१ औँ मिनेटमा पुलिस क्लवका लागि निर कुमार राईले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
सब्सिच्युड खेलाडीका रुपमा मैदान पसेका उनले अजित भण्डारीले दिएको पासलाई सदुपयोग गर्दै गोलपोष्टको जाली चुमाए । पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको पुलिस क्लबले दोस्रो हाफमा थप दुई गोल ग-यो ।
खेलको ६६ औँ मिनेटमा अविषेक रिजालले गोल गर्दै क्लबको अग्रतालाई दोब्बर पारे । एक पक्षिय रहेको खेलको ८२ औँ मिनेटमा राईले व्यक्तिगत दोस्रो तथा क्लबका लागि तेस्रो गोल गरे ।
एनआरटीले पनि निर्धारित समयसम्म केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा हार बेहो-र्यो । जितपछि पुलिस क्लबले ५ खेलबाट १० अंक बनाएको छ ।
त्यस्तै आजै हुने दोस्रो खेलमा थ्रीस्टार क्लबले शसस्त्र प्रहरीको एपीएफसँग प्रतिस्पर्धा गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया