हजार विद्यार्थीलाई न्यानो कपडा

लोकपथ
49
Shares
Gofgf] sk8f lat/0f ug'{x’Fb} k|d’v bfxfn lrtjg, !$ k’;M e/tk’/ dxfgu/kflnsfn] ;~rfng u/]sf] d]o/;+u afnaflnsf sfo{qmd cGt/u{t laxLaf/ e/tk’/ dxfgu/kflnsf j8f gDa/ @* df /x]sf] cfwf/e”t laBfno l;;faf;df /x]sf afnaflnsfnfO{ Gofgf] sk8f lat/0f ug'{x’Fb} dxfgu/ k|d’v /]g’ bfxfn . tl:a/M gf/fo0f clwsf/L, /f;;

चितवन । भरतपुर महानगरपालिकाले ‘मेयरसँग बालबालिका कार्यक्रम’ अन्तर्गत कक्षा १ देखि ५ सम्मका नौ सय ३४ विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । महानगरको शिक्षा महाशाखाले आज भरतपुर महानगरपालिका वडा नं २८ मा रहेको आधारभूत विद्यालय सिसावास ९१–८० बाट कपडा वितरण सुरु गरेको हो ।

कार्यक्रमको सुरुआत गर्दै महानगर प्रमुख रेनु दाहालले जाडो समयमा चिसोका कारण विद्यालयमा बालबालिकाको अनियमितता हुने भन्दै महानगरले विगत तीन वर्षदेखि यो कार्यक्रम चलाउँदै आएको बताइन् ।

यस आर्थिक वर्षमा १५ वटा सामुदायिक विद्यालयमा रहेका बालबालिकालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रमअन्तर्गत आज भरतपुर महानगरको पश्चिम क्षेत्रमा रहेका १० वटा विद्यालयका नौ सय ३४ बालबालिकालाई वितरण गरिएको हो । नारायणी नदी र राप्ती नदी तटीय क्षेत्रमा बसोबास गर्ने अल्पसंख्यक, सिमान्तकृत समुदायका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिनेछ ।

यस आर्थिक वर्षमा न्यानो कपडा वितरणका लागि रु १५ लाख बजेट विनियोजन गरिएको छ । यसअघि तीन वर्षमा ४५ विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरि सकिएको छ । किशोरी छात्रालाई साइकल वितरण, लोपोन्मुख समुदायका विद्यार्थीलाई वार्षिकरुपमा रु तीन हजार छात्रवृत्ति प्रदान गर्दै आएको उनले जानकारी दिइन् ।

अघिल्लो वर्षदेखि सुरु गरिएको छात्रवृत्ति वितरण कार्यक्रमबाट छ सय ९२ जना लाभान्वित भएका छन् । यी कार्यक्रम नियमित सञ्चालन हुने उनले बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?