काठमाडौं । विभागिय टिम नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले खेलाडीहरुको प्रर्दशनबाट सन्तुष्ट रहेको बताएका छन् ।
न्युरोड टिम ‘एनआरटी’विरुद्ध सहज जीत हात पारेपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले दुई खेलाडी घाइते हुँदा पनि क्लबले उत्कृष्ट नतिजा निकाल्न सकेको जानकारी दिए ।
‘शुरुको २५ मिनेटसम्ममा सोचेको जस्तो खेल भएन्, त्यसलगतै मैल रणनीति परिवर्तन गरिहाले, त्यसपछि खेलाडीहरुबीच खेलमा कम्बिनेसन मिल्यो, दुई खेलाडीहरु घाइते भएपनि आज राम्रो खेल्यो’, उनले बताए ।
‘समग्रमा आज टिमले राम्रै खेल खेलेको हो तर, अझै हामीले फिनिसिङ लाइन सुधार ल्याउन जरुरी छ, यो कुरालाई हामी अभ्यासबाट अझै सुधार्दै लैजाने छौँ’, उनले थपे ।
साथै प्रशिक्षक थापाले अझै लिगमा चुनौती थपिदैं गइरहेको बताए ।
यता एनआरटीका प्रशिक्षक महेश्वर मुल्मीले पहिलो हाफसम्म पुलिस क्लबलाई कडा टक्कर दिएको जानकारी दिए । दोस्रो हाफपछि भने टिम दवावमा आएको समेत प्रतिक्रिया दिए ।
शुक्रवार भएको पाँचौ चरणको खेलमा एनआरटी पुलिस क्लबसँग ३-० गोल अन्तरले पराजित भएको हो । जितपछि पुलिस क्लब भने लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया