मानसिक समस्या : यस्ता छन् लक्षण र समाधानका उपाय

लोकपथ
406
Shares

पछिल्ला वर्षहरुमा मानसिक समस्या विकराल बन्दै गइरहेको छ । प्रविधिको उच्च विकास र व्यस्त जीवनशैलीको कारण पनि यो समस्या बढ्दै गइरहेको विज्ञहरु बताउँछन् । सामान्यदेखि जटिलसम्मको मानसिक समस्या दिनानुदिन बढिरहेको छ ।

विश्वमा नै मानसिक समस्यालाई अझै हेयको दृष्ट्रिकोणले हेरिन्छ । जसको कारण मानसिक रोग लागेकाहरु खुलेर आफ्ना समस्याहरुबारे भन्न डराउने गरेको छन् । चिकित्सक र मनोविद्को परामर्श र आवश्यक्ता अनुसारको औषधिले मानसिक समस्या समाधान गर्न सकिन्छ ।

तर अझै पनि हाम्रो समाजमा मानसिक समस्याको बारेमा नकारात्मक धारणा रहेको छ, जसको कारण पनि रोग पहिचान हुँदा पनि त्यसबारे खुल्न सक्ने कमै मात्र हुन्छन् । कुनै नराम्रो घटना, विगतको भोगाइ, पारिवारिक परिवेश लगायत विषय नै मानसिक रोगको कारण बनिदिन्छ ।

समयमै त्यसलाई पहिचान र रोकथाम गर्न नसकेमा त्यसले व्यक्तिको ज्यानै लिन सक्छ । पछिल्लो समय ठूला सेलिब्रेटिहरु समेत आफू मानसिक समस्या रहेको भन्दै खुल्न थालेका छन् जसको कारण अन्य व्यक्तिहरु समेत आफूमा मानसिक समस्या भएको भन्दै चिकित्सक र मनोपरामर्शदाताकोमा जाने गरेको पाइएको छ ।

सामान्यता मानव मस्तिष्कले गर्ने विभिन्न कार्यहरू बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा गडबडी हुनु मानसिक समस्या हो । मानसिक रोग विभिन्न विभिन्न प्रकारका हुन्छन् । डिप्रेसन, एन्जाइटी डिसअर्डर, निद्रासम्बन्धी रोग, मानसिक असन्तुलन, छारेरोगलगायत मानसिक समस्या नेपालमा धेरैजसो देखिने गरेका छन् ।

यस्ता छन् लक्षण हरु

मनमा उदासीपना

मनमा सधैँ उदासीपन भएमा मानसिक रोगको लक्षण भएको बुझ्नुपर्दछ । उदासीपनले मानिसको मनमा नकारात्मक असर पार्छ । जसको कारण दैनिकीमा समेत असर पर्छ । बेलैमा त्यसको पहिचान गरि उपचार गर्न नसकेमा त्यसले पछि गम्भीर रुप लिन्छ ।

बिर्सिने बानी
कुनै कुरा सम्झिन सक्ने क्षमतामा निरन्तर ह्रास आएमा त्यो पनि मानसिक रोगको लक्षण हो । अत्याधिक चिन्ता, मनमा बेचैनी लगायतले मानिसमा ध्यान केन्द्रीत गर्न कठिनाइ पर्दछ, त्यो नै पछि गएर मानसिक रोगको रुपमा देखापर्दछ ।

मन आत्तिनु, ढुकढुक हुनु

कुनै नराम्रो कुरा वा परिस्थितीमा मन आत्तिनुलाई स्वभाविक मानिन्छ । तर बिना कारण मन आत्तिने समस्या भइरहेमा त्यसले पछि गएर मानसिक रोगको कारण बन्छ । निरन्तर मन आत्तिने समस्याले बिस्तारै आत्मबल घट्दै जाने, मनमा शंकाहरु बढ्दै जाने गर्दछ । त्यसलाई समयमै समाधानको बाटो खोज्न सकिएमा मानसिक रोगको बाटोमा जानु अगाबै समाधान गर्न सकिन्छ ।

चिडचिडाहट हुनु

हरेक समय छटपट भइरहेमा त्यसले मानसिक समस्या निम्त्याउँछ । परिस्थिती सामान्य भए पनि व्यक्तिलाई उक्त परिस्थिती असामान्य लाग्न थालेमा त्यसले विस्तारै मानसिक समस्याको बाटोमा ल्याउँछ । यदी मनमा चिडचिडावटपन धेरै भएमा त्यसले निरन्तर खुसीहरु हराउँदै जान्छ र मनमा विभिन्न नकारात्मक धारणा पैदा भइ मानसिक रोग लाग्छ सक्छ ।

शंका लाग्नु र तुलनामा गर्ने बानी हुनु

मानसिक समस्याको मुख्य कारण भनेको हरेक कुरामा शंका लाग्नु हो । यदी मनमा धेरै मात्रामा शंका पैदा भएमा त्यसले मानसिक रोगको रुप लिन्छ । शंकाले लंका जलाउँछ भनेझै साना साना कुरामा शंका लागेमा घरपरिवार, साथीभाइ र समाजसँगको सम्बन्ध बिग्रँदै जान्छ जसले गर्दा उ आफू एक्लिएको महसुस गर्दछ । त्यस्तै हरेक कुरामा तुलना गर्ने बानी पनि मानसिक रोगको कारण बन्दछ । अलिअलि शंकाले मानिसलाई प्रतिष्पर्धी बन्न सहयोग पुर्याउँछ तर हरेक कुरामा शंका गर्ने बानीले मानिसमा अस्वस्थ प्रतिष्पर्धाको रुप लिन्छ जसले मानसिक रोग निम्त्याउँछ ।

मानसिक रोगका लक्षण हरु यी माथि उल्लेख गरिएका र त्यो भन्दा धेरै हुन्छन् । यदी यी लक्षण हरू लगातार दुई हप्ता वा बढी लगातार वा दिनहुँ रहेमा मानसिक रोग लाग्दछ ।

समाधानका उपाय

मानसिक रोग समाधान गर्न सकिने रोग हो । यसलाई रोग भनिए पनि वास्तवमा रोग नभएर मनमा आएको एउटा विचलन मात्रै रहेको मनोचिकित्सकहरु बताउँछन् । चिकित्सकको सल्लाहमा औषधि सेवन र परामर्शले निको बनाउन सकिन्छ ।
मानसिक समस्या गम्भिर गडबडी भएकाले बेलैमा उपचार वा समाधान गर्नु पर्छ । सकारात्मक भावले मनमष्तिकलाई धुनु पर्छ । यस्तो समस्या लुकाउनुभन्दा विश्वासिलो मान्छेलाई भन्नुपर्छ

के के गर्ने ? 

  • समयले भ्याएसम्म योग, ध्यान, व्यायाम र सत्संग गर्नुपर्छ
  • मनमा कुरा नखेलाउने
  • एक्लै नबस्ने, साथीभाइ र परिवारसँग रमाउने कोसिस गर्ने
  • आहारविहार प्राकृतिक तथा सात्विक बनाउने
  • विगतका कर्मबाट पश्चात्ताप हुन्छ भने त्यसबाट टाढा रहेर वर्तमानमा सुधार गर्ने, औषधीबाट हुने
  • नकारात्मक प्रभावबाट सुरक्षित रहनेजस्ता विकल्प खोज्नुपर्छ
  • सकारात्मक ऊर्जा दिन सफलता, खुशी, शान्तिजस्ता कुराको कल्पना गर्नुपर्छ
  • आफन्त, घरपरिवार र साथीभाइलाई सम्मान, प्रोत्साहन गर्ने बानी बसाल्नुपर्छ
  • प्राकृतिक एवं आध्यामिक जीवनलाई सन्तुलित बनाउन ध्यान
  • योग, गीतसंगीतमा मग्न हुने
  • जीवनमा कुनै कुराप्रति वितृष्णा छ भने त्यसबाट टाढा रहने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?