…अनि आउँछ काठमाडौंमा दैनिक ५१ करोड लिटर पानी (भिडियोसहित)

काठमाडौंमा पानीको समस्या समाधानका लागि मेलम्ची खानेपानी आयोजनालाई मूख्य रुपमा हेरिएको छ ।

२०४८ सालमै तत्कालीन सरकारले मेलम्चीको पानीले काठमाडौंबासीको तिर्खा मेटाउने उद्घोष गरेपनि समयमै काम सम्पन्न भने हुन सकेन । उसो त २७ किलोमिटरको सुरुङमार्गमार्फत काठमाडौंमा पानी झर्न तीन दशक लाग्यो ।

२०७७ साल चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक उद्घाटन गरेपछि काठमाडौंमा पानी वितरण शुरु गरिएको थियो । तर, मेलम्ची खोलामा २०७८ असार १ गते आएको बाढीका कारण मुहानको हेडबक्समा ठूलो क्षती पुगेपछि पानी वितरण रोकिएको थियो । अहिले अस्थायी हेडबक्समार्फत काठमाडौंमा पुनः मेलम्चीको पानी ल्याएर वितरण कार्य सुरु गरिएको छ ।

यता सम्बन्धित निकायहरुको समन्वयका अभावमा खानेपानीको वितरण अस्तव्यस्त बन्न पुगेको छ । पुरानै वितरण प्रणालीबाट घरका धारामा छाडिएको मेलम्चीको पानी ठाउँ ठाउँमा चुहावट भएको छ । जसकारणका काठमाडौं उपत्यकाका सयौँ स्थानमा खानेपानीका पाइप फुटेर सडक जलमग्न बन्न पुगेका छन् ।

वर्षाबाट आयोजनामा क्षति हुन नदिन जेठको अन्तिम सातादेखि मुहानमै बन्द गरिएको मेलम्चीको पानी २३ मंसिरदेखि पुरानै प्राणालीबाट उपत्यकाका धारामा छाड्न सुरु गरिएकामा पाइप तथा जडान फुटेर चुहावट भएको हो ।

२९ मंसिरदेखि पूरै क्षमतामा १७ करोड लिटर नै आउन थालेपछि क्षति झन् बढेको छ  । एउटै सडक क्षेत्रमा १० भन्दा धेरै ठाउँमा चुहावट भएको छ ।

काठमाडौंमा पानीको समस्या समाधानका लागि मेलम्ची खानेपानी आयोजनालाई मूख्य रुपमा हेरिएको छ । २०४८ सालमै तत्कालीन सरकारले मेलम्चीको पानीले काठमाडौंबासीको तिर्खा मेटाउने उद्घोष गरेपनि समयमै काम सम्पन्न भने हुन सकेन । उसो त २७ किलोमिटरको सुरुङमार्गमार्फत काठमाडौंमा पानी झर्न तीन दशक लाग्यो ।

२०७७ साल चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक उद्घाटन गरेपछि काठमाडौंमा पानी वितरण शुरु गरिएको थियो । तर, मेलम्ची खोलामा २०७८ असार १ गते आएको बाढीका कारण मुहानको हेडबक्समा ठूलो क्षती पुगेपछि पानी वितरण रोकिएको थियो । अहिले अस्थायी हेडबक्समार्फत काठमाडौंमा पुनः मेलम्चीको पानी ल्याएर वितरण पनि सुरु गरिएको छ ।

तर, सम्बन्धित निकायहरुको समन्वयका अभावमा खानेपानीको वितरण अस्तव्यस्त बन्न पुगेको छ । जसकारणका काठमाडौं उपत्यकाका सयौँ स्थानमा खानेपानीका पाइप फुटेर सडक जलमग्न बन्न पुगेका छन् ।

पुरानै वितरण प्रणालीबाट घरका धारामा छाडिएको मेलम्चीको पानी ठाउँ ठाउँमा चुहावट भएको छ । जसले उपत्यकाका कैयौँ सडक तथा फुटपाथ जलमग्न भएका छन् ।

वर्षाबाट आयोजनामा क्षति हुन नदिन जेठको अन्तिम सातादेखि मुहानमै बन्द गरिएको मेलम्चीको पानी २३ मंसिरदेखि पुरानै प्राणालीबाट उपत्यकाका धारामा छाड्न सुरु गरिएकामा पाइप तथा जडान फुटेर चुहावट भएको हो ।

२९ मंसिरदेखि पूरै क्षमतामा १७ करोड लिटर नै आउन थालेपछि क्षति झन् बढेको छ  । एउटै सडक क्षेत्रमा १० भन्दा धेरै ठाउँमा चुहावट भएको छ ।

काठमाडौंको खानेपानी समस्याको स्थायी समाधानको रुपमा मेलम्ची परियोजनालाई लिइएको छ । २०४८ सालमा तत्कालिन प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याएर खानेपानीको समस्या टार्ने उद्घोष गरे ।

सोहीअनुसार २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरी काम शुरु भएको थियो । त्यसको ३ वर्षपछि अर्थात २०५८ सालमा एशियाली विकास बैंक (एडीबी)को आर्थिक सहयोगमा आयोजना निर्माणको काम शुरु गरिएको थियो ।

तर, तीन दशकपछि अर्थात् २०७७ साल चैत २० गते मात्रै मेलम्चीको पानीलाई काठमाडौंले स्वागत गर्यो । अहिले दैनिक १७ करोड लिटर पानी काठमाडौं आइरहेको छ । तर, पानी वितरण व्यवस्थित नबन्दा काठमाडौंका सडकहरु जलमग्न भएका छन् ।

अहिले पुरानो वितरण प्रणालीका कारण पानीका पाइप फुटेकाले समस्या भइरहेको बताउँछन् मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्त ।

काठमाडौंको खानेपानी वितरणको जिम्मा विभिन्न निकाय दिएपनि मेलम्ची खानेपानी विकास समितिले मेलम्चीदेखि सुन्दरीजलसम्म पानी ल्याइ वितरणमा सहजता प्रदान गर्ने गरेको समितिका प्रवक्ता पन्त बताउँछन् ।

त्यस्तै, भविष्यमा अहिलेको पानीले माग धान्न नसक्ने आँकलन गर्दै सिन्धुपाल्चोककै याङ्ग्री र लार्के खोलाको पानी ल्याउने तयारी गरिएको छ । ३० अर्ब लागतमा निर्माण हुन लागेको दोस्रो आयोजना अन्तर्गतको डिजाइन, इस्टीमेट, वातावरण प्रभाव मूल्यांकनको काम सम्पन्न भइसकेको छ । याङ्ग्री र लार्केलाई समेत मिसाइसकेपछि काठमाडौंमा दैनिक ५१ करोड लिटर पानी आउने पन्त बताउँछन् ।

पानी जहाँबाट जति ल्याएपनि यसको वितरणलाई व्यवस्थित नगरी हुँदैन । त्यसैले अहिले काठमाडौं उपत्यकामा भइरहेको अव्यवस्थित पानीको वितरण र चुहावटलाई रोक्न सम्बन्धित निकायको छिट्टै ध्यान जानुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?