सोसल मिडियामा किन फेक एकाउन्ट चलाउँछिन् सैफ अली खानकी छोरी?

मुम्बई । सैफ अली खानको छोरी सारा अली खान फिल्म ‘केदारनाथ’ मार्फत आउँदो महिना दर्शकमाझ आउँदै छिन् । यो फिल्म उनको बलिउड डेब्यु फिल्म पनि हो । आजभोलि उनी केदारनाथको प्रचारमा डुलिरहेकी छिन् । फिल्मको ट्रेलर र कैयन् गीत रिलिज भइसकेका छन् । उनलाई दर्शकले रुचाएका पनि छन् ।

योसँगै साराका बारेमा विभिन्न समाचार पनि आउन थालेका छन् ।

साराले एक अन्तर्वार्तामा आफूले इन्स्टाग्राममा फेक खाता बनाएको बताइन् । उनलाई सोधियो कि, तपाईं ट्वीटरमा हुनुहुन्छ? यसको जवाफमा उनले भनिन्, ‘म गलत नामबाट सामाजिक सञ्जालमा छु, छिट्टै नै म ट्वीटरमा पनि आउँदैछु ।’

दर्शकलाई बुझ्नका लागि उनले फेक खाता बनाएको बताइन् । उनले भनिन्, ‘म एक सामान्य व्यक्ति हुँ, म व्यक्तिका प्रोफाइलहरु हेरिरहेकी हुन्छु, मेरो एउटा फेक इन्स्टा एकाउन्ट छ, जहाँ मैले हट मोडलका फोटो लाइक गर्ने गर्छु ।’

हालै एक कलाकारले फिल्मको तयारीमा रहँदाका केही अनसीन तस्वीरलाई इन्स्टाग्राममा शेयर गरेकी थिइन् । तस्वीरमा सारा कडा मेहनत गरेको देखाइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?