३० सेकेन्डको यो ‘ट्रिक’ ले जोगाउन सक्छ तपाईंको सम्बन्ध

हरेक सम्बन्धमा सामान्य भनाभन हुन्छ नै । कहिलेकाहीँ झगडा हुनुलाई पनि सामान्य मानिन्छ । कहिलेकाहीँ चाहिँ सामान्य कुरा पनि यति ठूला भइदिन्छन् कि तपाईंको लामो सम्बन्ध चकनाचुर हुन सक्छ ।

सम्बन्ध खत्तम भएपछि पछुताउने बाहेक अरु कुनै उपाय हुँदैन । तर केही ट्रिकले भने तपाईंको सम्बन्धलाई जोगाउन मद्दत गर्न सक्छ ।

रियाक्ट गर्न पहिले सोच्नुस्

धेरै सम्बन्ध ओभर रियाक्ट गर्दा बिग्रने या सकिने हुन्छन् । अक्सर सम्बन्ध जब तपाईं आफ्नो पार्टनरलाई फोन गर्न नपाउँदा, कुरा या म्यासेज गर्न भुल्दा बिग्रने गर्छ । यसरी सामान्य कुरामा तपाईं झगडा गर्ने बानी छ भने यस्तो बानीलाई कम गर्नु नै जाती हुन्छ । यसैले जब कुनै त्यस्तो समय आउँछ, त्यो बेलामा सोचविचार र अर्काको बारेमा पनि सोचेर निर्णय लिँदा सम्बन्ध लामो समय रहन सक्छ ।

३० सेकेन्डको ट्रिक

यो साइकोलोजिकल ट्रिकको फलो गर्नमा जम्मा ३० सेकेन्ड लाग्छ । ३० सेकेन्डमा के गर्ने?

पहिलो स्टेप – लामो सास लिनुहोस्

विना सोचविचार गरी रियाक्ट गर्नुभन्दा बरु लामो सास लिने गर्नुस् । यसले तपाईंलाई तुरुन्त रियाक्सन लिनबाट रोक्छ । एकछिनपछि तपाईंको माइन्ड पनि डिस्ट्रयाक भइसकेको हुन्छ । त्यसपछि शान्त भएको दिमागमा तपाईंले समस्याको हल निकाल्न सक्नुहुन्छ ।

दोस्रो स्टेप – आफ्नो फिलिङसलाई बुझ्नुस्

गहिरो सास लिएपछि अघिल्लो स्टेपमा आफूले फिलिङस सम्झने कोशिश गर्नुहोस् । आफैसँग कुरा गर्नुस्, दुखी नहुनुस् । किनकि यस्ता कुराले झन् मन भाँड्ने काम गर्छन् । तपाईंले के बुझ्न जरुरी छ भने तपाईं कुल भएर सोच्नुपर्ने हुन्छ ।

तेस्रो स्टेप – परिवेशलाई सम्झनुस्

यो ट्रिकको लास्ट स्टेपमा तपाईं के गर्नुस् भने सिचुयसन (वर्तमान परिवेश) लाई सम्झने कोशिश गर्नुस् । त्यतिबेलाको अवस्थाले के कुरा सिकाउँछ? के त्यतिबेला लिएको निर्णयले पछि असर पार्छ? आफैसँग प्रश्न गर्नुस् । ताकि, यी कुराले तपाईंको नकारात्मक सोचलाई पछार्न सकोस् ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?