काठमाडाैं : सूर्या लार्इफ र्इन्स्योरेन्सले अाफ्ना शेयरधनीलार्इ दिन प्रस्ताव गरेको ७०% हकप्रद शेयर वितरण गर्न पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।
सूर्याले कात्तिक १२ गते हकप्रद शेयर वितरणका लागि बोर्डसँग अनुमति मागेको थियो । करिब १ महिनापछि बोर्डले हकप्रद वितरणका लागि यो बीमा कम्पनीलार्इ स्वीकृति दिएको हो ।
चुक्ता पूँजी १ अर्ब १३ करोड रूपैयाँ रहेको सूर्या लार्इफले हकप्रद शेयर बेचेपछि यसको अाकार १ अर्ब ९२ करोड ४२ लाख ३० हजार रूपैयाँ कायम गर्नेछ । तर, बीमा समितिले तोकेको २ अर्ब रूपैयाँ चुक्ता पूँजी पु-याउन भने सक्नेछैन।
सूर्या लार्इफका शेयरधनीले अब अाफुसँग भएको हरेक १० कित्ता शेयर बराबर थप ७ कित्ता शेयर पाउने छन्। हकप्रद शेयर निष्काशनका लागि सूर्याले एनअार्इसी एसिया क्यापिटललार्इ बिक्री प्रबन्धक तोकेको छ ।
चालु अार्थिक बर्षको पहिलो त्रैमास (साउनदेखि असोजसम्म) मा सूर्या लार्इफको प्रतिशेयर अाम्दानी २२ रूपैयाँ ३६ पैसा, प्रतिशेयर नेटवर्थ १३९ रूपैयाँ ८१ पैसा र मूल्य अाम्दानी अनुपात २३.७० गुणा कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया