नेपालभर ४ हजार ४ सय ७९ वटा उद्योग, २ खर्ब ८६ अर्ब लगानी विदेशबाट

काठमाडौँ : गत अार्थिक बर्षको अन्त्यसम्ममा नेपालभर ४ हजार ४ सय ७९ वटा उद्योगहरू सञ्चालनमा रहेको देखिएको छ । 

उद्योग विभागका अनुसार यी उद्योग सञ्चालन गर्नका लागि २ खर्ब ८६ अर्ब रूपैयाँ बैदेशिक लगानी स्वीकृत भएको छ भने २८९ वटा ठूलो उद्योगले मात्रै १ खर्ब ९० अर्ब रूपैयाँको लगानी स्वीकृत पाएका छन् । 

देशभर हाल ४ सय वटा मझाैला उद्योगहरू सञ्चालनमा रहेको विभागको तथ्यांकमा उल्लेख छ । यी उद्योगमा २६ अर्ब रूपैयाँ बैदेशिक लगानी भएको छ । तर साना उद्योगमा भने ५१ अर्ब रूपैयाँ बैदेशिक लगानी स्वीकृत भएको  विभागले जानकारी दिएको छ ।

नेपालमा दर्ता भएकामध्ये अधिकांश वैदेशिक लगानीका उद्योगहरू सेवामुलक प्रकृतिको रहेका छन् । सेवामुलुक उद्योगको संख्या १५०२ वटा, पर्यटन उद्योग १३७१ वटा, उत्पादनमूलक उद्योग् ११०६ वटा, कृषि तथा वनपैदावरमा अाधारित उद्योग २६७ वटा, उर्जा क्षेत्रमा ८२ वटा, खनिजका ७० वटा, निर्माणका ४६ वटा र सञ्चार क्षेत्रका ३५ उद्योग सञ्चालनमा रहेको विभागको तथ्यांकमा उल्लेख छ । 

चालु अार्थिक बर्षको पहिलो ३ महिना अर्थात साउनदेखि असोज मसान्तसम्म थप १५ वटा विदेशी कम्पनी दर्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?