५ खर्ब १५ अर्ब रूपैयाँका नोट चलनचल्तीमा, यस्तो छ राष्ट्र बैंकको हरहिसाब !

काठमाडाैं : विश्वभर ५ खर्ब १५ अर्ब २४ करोड ७० लाख ९६ हजार रूपैयाँ बराबरका नेपाली ब्यांक नोट चलनचल्तीमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

मुद्रा व्यवस्थापन विभागका अनुसार राष्ट्र बैंकको ढुकुटीमा ९ खर्ब ७६ अर्ब ३६ करोड ७३ लाख रूपैयाँ हाराहारीमा रकम रहेकोमा बजारमा झन्डै ४५% नोट प्रवाह भएको छ । 

राष्ट्र बैंकको ढुकुटी रित्तिँदै गएको विभागको अांकडाले देखाएको छ । २०७२ सालको भूकम्पपछि बैंक तथा वित्तीय संस्थाबाट रकम लिन छाडेको केन्द्रीय बैंकमा हाल जम्माजम्मी २ खर्ब २२ अर्ब २४ करोड २७ लाख ९७ हजा ९ सय ८३ रूपैयाँ बराबरको सरकारी रकम रहेको छ । 

बाणिज्य बैंकहरूको दायित्वबापत ६३ अर्ब ७५ करोड ८१ लाख २१ हजार ९ सय ९६ रुपैंयाँ, विकास कोषहरुको दायित्वबापत २२ अर्ब २३ करोड रुपैंयाँ, २ अर्ब रुपैंयाँको सुनचाँदी मौज्दात, २६ अर्ब २१ करोड रुपैंयाँ बराबरको विदेशी मुद्रा रहेको विभागले जानकारी दिएको छ । 

यस्तै, रिभर्सरिपो सेक्युरिटीजको ५ अर्ब रूपैयाँ दायित्व, १ खर्ब ३१ अर्ब २८ करोड रूपैयाँ मूल्य बराबरको विदेशी बण्ड र २ खर्ब ६३ अर्ब रूपैयाँ विदेशी सेक्युरिटिजमा रहेको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?