नेपालीको लागि खुसीको खबर, ‘ट्राभल’ले लेख्यो नेपाल घुम्न नछुटाऔँ

नेपालीको लागि एउटा खुसीको खबर छ । हालै विश्वको पर्यटन सम्बन्धि -याकिङ्ग गर्ने ‘ट्राभल’ नामक म्यागेजिनले नेपाललाई घुम्नैपर्ने देशको सूचीमा राखेको छ । साथै उसले नेपालमा सेप्टेम्वरदेखि नोभेम्बरसम्म खुल्ला तथा निलो आकाशको अवलोकन सहित विभिन्न  रोमाञ्चक दृश्यहरुको अवलोकन गर्न पाईने बताएको छ ।

पत्रिकाले लेखेको छ, ‘नेपालको सडक यात्रा पनि औधी रोमाञ्चककारी एवम् आनन्दमयी छ । नेपालका विभिन्न प्रकृतिक सुन्दरता र विभिन्न धर्म संस्कृतिहरुले नेपाल अझै धनी मानिन्छ ।’ उक्त म्यागेजिनले दिएको  भ्रमण गर्नैपर्ने देशहरु मध्ये नेपाल एघारौँ स्थानमा रहेको छ । तेन्जिङ हिलारी बिमानस्थल लुक्लालाई दृश्यावलोकन गर्न विशेष स्थान चयन गरेको छ । म्यागेजिनले साहसिक तथा उत्कृष्ट गन्तव्यको सूचिमा टर्कीलाई समेटेको छ । 

विश्वका विभिन्न गन्तव्य स्थान मध्ये  विभिन्न देशलाई यस म्यागेजिनले समेटेको छ जस्तैः
—श्रीलङका
—टर्की
—फिलिपिन्स
—बेलिज
—इन्डोनेशिया
—अर्जेन्टिना
—मेक्सीका
—दक्षिण कोरीया
—टोरन्टो 
—क्यानडा 
—नेपाल 
—इक्वाडोर 
—चिली
—सिङगापुर 
—भारत
—ग्रीस
—स्विजरल्याण्ड
—पेरु 
—मोरक्को । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?