निर्मलाका लागि न्याय माग्दै माईतीघरमा प्रदर्शन : ‘सरकार भेटियो न्याय भेटिएन’

काठमाडौं । कञ्चनपुरी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्याय माग्दै काठमाडौंमा प्रदर्शन भएको छ । 

स्वतः स्फुर्त रुपमा शनिबार राजधानीको माईतिघर मण्डलामा भेला भएका नागरिक अभियन्ता र सर्वसाधारणहरुले घटनाको छानविन गरि अपराधीको तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।

प्रदर्शन 'ओलीको पाराले दुख पाए साराले', 'नालायक सरकार राजीनामा दे', 'गृहमन्त्री राजीनामा दे' लगायतका नाराहरु चर्को आवाजमा सुनिएका थिए । 

कञ्चनपुर भिमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको आज १ सय २६ दिन पुरा भएको छ  । 
बलात्कार पछि हत्या गर्नेलाई पक्राउ गरेर न्यायको भिख देउ भन्दै हिडेका  छन् । गत कात्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडी निर्मलाका आमा दुर्गादेवी पन्त र बुबा यज्ञराज पन्त अनिश्चितकालीन धर्नामा बसेका थिए । 

पछिल्लो दिनयता निर्मलाका बुबा यज्ञराज पन्त मानसिक स्थिति असामान्य देखिएपछि शनिवार राति धनगढीबाट गाडीमा आएका पन्त परिवार आइतवार साँझ काठमाडौं आइपुगेका थिए । यज्ञराज पन्तलाई त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

कञ्चनपुरकी निर्मला पन्तको साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो भने उनको शव साउन ११ गते उुखुबारीमा भेटिएको थियो ।   

निर्मला पन्त पछि भएका बलात्कार घटना र त्यस घटनामा संलग्न भएकाहरु पक्राउ परेका छन् । तर यो घटना सुरुदेखि नै प्रमाण लुकाईने अनेक प्रपञ्चको कारण सरकार र प्रमुख सत्तामा रहेकाहरुमाथि आम नागरिकले शंकाको नजर तेर्साएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?