सामान्य जीवन बिताउने चाहना प्राय कमैको हुन्छ । त्यसैले सुन्दर जीवनका लागि हामी सधै कुनै न कुनै सपना बुनिरहेका हुन्छौं । तर ती सपनाहरु विभिन्न कारण दिमागमा अल्झिरहेका हुन्छन् ।
ती सपनाहरुलाई उल्झनबाट फुकाएर बाहिर निकाल्नको लागि सफल व्यक्तित्वहरुका संघर्ष र भोगाइका कथाहरुले सघाउन सक्छन् । यहाँ त्यस्तै भोगाइ र संघर्षको कथा छ, मुनिवा मझार को ।
६ जुलाई २०१८ को उनको युटुवमा अपलोड भएको भिडियोमा संसारभरबाट १३ लाख ८० हजार ३ सय ३४ जनाले हरेका छन् । सबै कमेन्टरुमा मुनिवाको हिम्मतको प्रशंसा गरिएको छ ।
२१ वर्षको कलिलो उमेर देखि व्हीलचेयरको सहारामा हिड्न बाध्य भएकी मुनिवा मझार पाकिस्तानी कलाकार, मोडल, प्रेरक वक्ता, गायिका, सामाजिक अभियानता र टेलिभिजन प्रस्तोता हुन् ।
उनको जन्म सन् १९८७ मर्च ३ मा भएको थियो । उनी २१ वर्षको उमेरका कार दुर्घटनामा परेकी थिइन् । मजारी पाकिस्तानको पहिलो व्हीलचेयर प्रयोग गर्ने मोडेल पनि हुन् । उनी यून महिला पाकिस्तानको राष्ट्रिय राजदूत समेत रहेकी छिन् ।
मुनिवा मझारी वालोच कि हुन् । सन् २००७ मा मुनिवाको कार दुर्घटना भएको थियो । दुर्घटना उनको स्पिाइनल कर्डमा चोट लागेको थियो भने कम्मर भन्दा तलको भाग नचल्ने भएको थियो । धेरै वैचारिक प्रयासहरू पछि उनले मुनिवा क्यानभास ब्रान्ड स्थापना गरेकी छिन् । ‘तपाईंको पर्खालहरूले रङ लगाउन्’ उनको ब्रान्डको मूल नारा हो ।
मनिवा मझारीलाई मायालु रूपमा पाकिस्तानी आइरन लेडीको उपनाम दिइएको छ । र सबै कारणहरु सही छन् ।
मुनिवाको १८ वर्षको उमेरमा विवाह भएको थियो । उनको परिवार रुढिवादी सोचका थिए । जहाँ असल छोरीहरुले कहिले पनि आफ्नो आमा बुबालाई नाई भन्न हुँदैन भन्ने चलन थियो । उनको पिताले उनको विवाह चाए ।
भन्छिन्, “मेरो वैवाहिक जीवन कहिले पनि खुसी हुन सकेन तर मेरो विवाहको कारणको कारण मेरो घरमा खुसीयाली छाएको थियो ।”
उनको विवाह भएको दुई वर्ष पछि उनको कार दुर्घटना भयो । कारण थियो उनको श्रीमानको लापर्वाही । कार खाल्टोमा खस्यो । उनको श्रीमान कारबाट बाहिर निस्केर आफूलाई बचाउन सफल भए तर मुनिवा भने निस्कन सकिनन् ।
“म मेरो श्रीमानको लागि खुसी छु । तर म धेरै चोटहरुले बाँचे, लिस्ट एकदमै लामो छ । र ती घाउहरुले मेरो जीवन सधैको लागि परिवर्तन गरिदिए ।” मुनिवाले भनिन् ।
उनको उद्दारको लागी धैरै मानिसहरुको भिड लाग्यो । कार भित्रबाट घिसारेर उनलाई बाहिर निकाले । साढे दुई महिना उनी अस्पतालमा भर्ना भइन्, उपचारको लागी । उनले थपिन्, “त्यो समय एकदमै पिडादायी थियो ।”
एक दिन डाक्टर उनको नजिक आए र उनलाई भने “मैले सुने कि तिमी कलाकार बन्न चाहन्छौं तर तिमी गृहिणी भएर बस्यौ । म सँग तिम्रो लागी दुखको समाचार छ । तिमी अब कहिले पनि चित्र बनाउन सक्ने छैनौ ।” फेरी अर्को दिन डाक्टर आए अनि भने “तिम्रो स्पाइनल कर्डमा धेरै नै चोट लागेको छ र तिमी हिड्न सक्दैनौं ।” मुनिवाले लामो श्वास फेरिन् र भनिन् “ठिकै छ ।”
तर डाक्टर एउटा कुराले उनलाई निशब्द बनायो । उनको जीवनमा अन्धकार छायो । उनको स्पाइनमा चोट लागेका कारण उनको पछाडी आडेस दिनका लागि ‘रड’ राखिएको थियो जसका कारण उनी कहिले पनि आमा बन्न सक्दिन थिइन् ।
“मैले मेरो अस्तित्वको बारेमा प्रश्न गर्न थाले ।” भनिन्, “म किन छु यो संसारमा अझै जीवित छु ।”
एक दिन उनी अस्पतालकै बेडमा हुँदा उनले उनको भाइलाई क्यानभस दिनको लागी आग्रह गरिन् र भनिन्, “म चित्र कोर्न चहान्छु ।”
मुनिवाले आफ्ने जीवनको पहिलो चित्र जीवनमरणको दोसाधमा पुगेर छटपटाइरहेको बेला ओछ्यानबाट बनाएकी थिइन् । उनको लागि चित्र बनाउनु सबै भन्दा उत्कृट थेरापी थियो । बिना शब्द उनी आफ्ने हृदयलाई चित्रण गर्न सक्थिन् । उनी आफ्नो कथा भन्न सक्थिन् ।
भन्छिन्, “मानिसहरु आएर मैले बनाएको चित्रको प्रशंसा गर्थे । मैले छानेको रंगहरुको तारिफ गर्थे । तर त्यो चित्र भित्रको दुख बुझ्ने र देख्ने कोही पनि थिएन् । म मात्र त्यहाको रोदन देख्न सक्थे ।”
धेरैपटक म किन मरिन भन्ने प्रश्नले उनलाई सताइरहेका बेला उनले एक दिन आफू बाँच्ने निर्णय गरिन् । आफू अरु कसैको लागि सिद्ध व्यक्ति नभएतापनि सत्यतालाई स्विकार गर्ने अठोट गरिन् । उनले आफ्नै लागि सबै कुराहरु उत्तम बनाउने प्रतिवद्धता गरिन् र डर सँग लडिन् ।
“मैले मेरो सबै डरहरु एक एक गर्दै लेख्न थाले । र मैले अठोट गरे कि म ति सबैलाई हटाउदै लैजानेछु ।”
उनलाई सबै भन्दा ठूलोे डर डिर्भोसको थियो । त्यो दिन उनले आफैसँग भनिन् कि यो केही पनि होइन केवल एउटा डर हो । “उहाँलाई स्वतन्त्र गरेर म आफै आनन्दित थिएँ । र मैले आफूलाई भावनात्मक रुपमा पनि दहृो बनाए ।”
उनको श्रीमान्को विवाह भइसकेको छ । उनको विवाहको दिन मुनिवाले सन्देश पठाइन् “म तपाईको लागी खुसी छु ।”
मुनिवाको जीवनको दोस्रो ठूलो डर थियो उनी कहिले पनि आमा बन्न सक्दिन थिइन् । तर यो तितो यथार्थ उनको लागि स्विकार्य थिएन । तर उनले संसारका भएका बच्चाहरुलाई सम्झिन् । ति सबै चाहिएको सहारालाई उनले नियालिन् । रोईन् । तर उनले रुनुको कुनै अर्थ नै भेटिनन् ।
धेरै संस्थामा उनले आफ्नो नाम दिइन् र प्रतिक्षा गरिन् । दुई वर्ष पछि उनलाई पाकिस्तानको एउटा सहरबाट फोन आयो ।
“तपाई मुनिवा मझारी हो ? यहाँ एउटा सानो बाबु छ के तपाई आफूसँग राख्न चाहनुहुन्छ ?”
यति सुने पछि मुनिवालाई बच्चा जन्माउदाको पिडा महशुस भयो । र उनले भनिन्, “म राख्न चाहन्छु ।”
“म निललाई लिन जाँदा दुई दिनको थियो र आज ऊ ८ वर्षको भएको छ ।”
उनले चित्र बनाउन थालिन् । मोडलिङहरु पनि गरिन् । उनी आज पाकिस्तानको एक सफल टेलिभिजन प्रस्तोता पनि हुन् । उनी आजको दिनहरुमा बच्चाहरुको लागि र महिलाहरुको लागि आवाज उठाँउदै आएकी छिन् ।
आफूलाई जस्तो छ त्यस्तै स्विकार गर्यो भने संसारले चिन्न थाल्छ । सबै राम्रो र नराम्रो आफूबाटै शुरु हुने उनको बुझाई छ ।
जीवनलाई उनले परीक्षण र परिक्षाको रुपमा परिभाषित गर्ने गरेकी छिन् । र त्यो परिक्षणहरु कहिले पनि सहज हुँदैनन् ।
डराउनु ठिक हो, रुनु पनि ठिक हो । सबै कुराहरु ठिक छन् तर बिचमा छोड्नु ठिक होइन । जितको विकल्प हार्नु होइन ।
उनले भनिन्, “जब तपाई लड्नु हुन्छ अनि उठ्नु हुन्छ । जति पटक तपाई लड्नु हुन्छ तब उठ्नु पर्छ भन्ने थाहा हुन्छ । जीवनलाई उत्सव जसरी मनाउनु होस् । जीउन सिक्नुहोस् । मृत्यु भन्दा पहिला नमर्नुहोस् ।”
उनको मेरुदण्ड भाँचिएको थियो, हातका हड्डिहरु, रिब्स र कलरबोन धेरै ठाँउमा चर्किएका थिए तर आज उनको प्रेरणात्मक कथा संसार भरिका मानिसहरूलाई छोएको छ । मनिवा २०१५ को प्रेरणात्मक महिलाहरू १०० जनाको सूचीको एउटा नाम हो ।
एजेन्सीको सहयोगमा ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया