काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले पुस १३ गतेदेखि १६ गतेसम्म साविकको मेची र कोशी अञ्चलका बित्र्तामोड, इलाम, बिराटनगर, इटहरी र धरान शाखा कार्यालयहरुमा अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
जनमानसमा बिमाको महत्व, बिमा दाबी भुक्तानी लगायतका महत्वपूर्ण प्रशिक्षण कम्पनिका महाप्रबन्धक कमलराज गौतमद्वारा प्रदान गरीएको थियो साथै उत्कृष्ट अभिकर्ताहरुलाई सम्मानसमेत गरिएको कम्पनीले जानकारी दिएको छ ।
देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण शेयर निष्काशन समेत गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया