इंग्लिस प्रिमियर लिग : लिग लिडर म्यान्चेस्टर सिटीको सहज जीत

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत म्यान्चेस्टर सिटीले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । 

शनिवार राति सम्पन्न भएको १४ औा चरणको खेलमा लिग लिडर सिटीले बर्नेमाउथलाई ३-१ गोल अन्तरले हराएको हो । खेल शुरु भएको १६ मिनेट पनि बित्न नपाउँदै सिटीले खेलमा अग्रता बनायो ।

बर्नार्डो सिल्भाले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । सिल्भाले गोल गरेपछि निक्कै आक्रामक खेल खेलेको बर्नेमाउथका लागि खेलको ४४ औँ मिनेटमा विल्सनले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए ।

पहिलो हाफसम्म बराबरी खेलेको सिटीले दोस्रो हाफमा भने थप दुई गोल ग-यो । खेलको ५७ औँ मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै खेललाई २-१ को स्थितीमा पु-याए ।

बर्नेमाउथलाई दवावमा राख्दै खेल खेलेको सिटीका लागि ७९ औँ मिनेटमा इकेली गुन्डोगानले गोल गरे । त्यसपछि भने खेलमा थप गोल भएन र खेल सिटीले ३-१ ले आफ्नो पक्षमा पा-यो । जितपछि सिटीले १४ खेलबाट ३८ अंक बनाएको छ ।

लिगको दोस्रो स्थानमा रहेको लिभरपुलसँग ५ अंकको अग्रता बनाएको छ । १ खेल कम खेलेको लिभरपुलको भने ३३ अंक छ । 

त्यस्तै शनिवार राति नै भएको म्यान्चेस्टर युनाइटेड र साउथह्याम्पटनबीचको खेल भने दुई-दुई गोलको बराबरीमा सकिएको छ । म्यान्चेस्टर युनाइटेडका लागि खेलको ३३ औँ मिनेटमा रोमेलु लुकाकु र ३९ औँ मिनेटमा हेर्रेराले समान एक-एक गोल गरे ।

यता साउथह्यामप्टनका लागि भने १३ औँ मिनेटमा आर्मस्ट्रङ र २० औँ मिनेटमा सेड्रिक सोसले एक-एक गोल गरे । बराबरीपछि दुवै क्लबले समान एक-एक अंक बाडेका छन् । बराबरीपछि म्यान्चेस्टर युनाइटेडले २२ अंकका साथ लिगको सातौं स्थानमा छ ।

९ अंक मात्र बनाएको साउथह्याम्प्टन भने रेलिगेसन जोनमा रहेको छ । 

त्यस्तै शनिवार राति नै भएका अन्य खेलहरुमा वेष्ट ह्यामले न्युकासललाई २-० गोल अन्तरले, लेष्टर सिटीले वाट्फोर्डलाई २-० गोलले, क्रिस्टल प्यालेसले बर्नलीलाई २-० गोलले तथा ब्राइटनले हडर्सफिल्डलाई २-१ गोल अन्तरले हराएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?