काठमाडौं । अष्ट्रेलियाको गोल्ड कोस्टमा दुईवटा हेलिकोप्टर एक आपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने तीन जनाको अवस्था गम्भीर रहेको छ ।
घटनास्थलमा रहेका प्रत्यक्षदर्शीका अनुसार एउटा हेलिकोप्टर अवतरण र अर्को उड्ने क्रममा दुर्घटना भएको हो ।दुर्घटनापछि एउटा हेलिकोप्टर सफलतापूर्वक अवतरण गर्न सफल भयो तर अर्को हेलिकोप्टर बालुवामा ठोक्किएको थियो । ठोक्किएको उक्त हेलिकोप्टरमा सवार चार जना यात्रुको मृत्यु भएको हो ।
सुरक्षीत रहेको हेलिकोप्टरको सिसाको छर्राबाट सवार यात्रुहरुलाई सामान्य चोटपटक लागेको छ ।
Ambulance after ambulance rushing the the scene of what I’m told is a chopper crash near SeaWorld. I’ve been told one chopper is in the water pic.twitter.com/FU93kVjvSH
— Luke Bradnam (@LukeBradnam) January 2, 2023
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया