एजेन्सी । स्पेनिस ला लिगा फुटबल प्रतियोगिता अन्तर्गत रियल म्याड्रिड विजयी भएको छ ।
शनिवार राति सम्पन्न भएको खेलमा रियल म्याड्रिडले भ्यालेन्सियालाई २-० गोल अन्तरले पराजित गरेको हो । खेलको आठौं मिनेटमा नै रियल म्याड्रिडले उपहार गोल पायो । भ्यालेन्सियाका डेयानियल वासले विपक्षीबाट आएको बललाई क्लियर गर्न खोज्दा आत्मघाती भएको थियो ।
प्रतिस्पधात्मक खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले अगाडि रहेको रियल म्याड्रिडले दोस्रो हाफमा थप एक गोल ग-यो । खेलको ८३ औँ मिनेटमा लुकास भास्क्वेले गोल गरेपछि रियल म्याड्रिड स्तब्ध बनेको थियो । जितपछि रियल म्याड्रिडले २३ अंकका साथ पाँचौ स्थानमा उक्लिएको छ ।
त्यस्तै शनिवार राति नै भएको अर्को खेलमा लेगानेसले रियल भाल्लाडोलिटलाई ४-२ गोल अन्तरले, सेल्टा डि भिगोले हुयस्कालाई २-० गोलले अन्तरले तथा गेटाफेले स्पानियोललाई ३-० गोल अन्तरले हरायो ।
२६ अंकका साथ सेभिल्ला लिगको शिर्ष स्थानमा छ । २५ अंकका साथ बार्सिलोना दोस्रो तथा २४ अंक बनाएको एथ्लेटिको म्याड्रिड तेस्रो स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया