काठमाडौं । जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदैछन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज हुने पहिलो खेलमा मच्छिन्द्र क्लबले फ्रेण्ड्स क्लबको सामना गर्दैछ । दुवै क्लब पहिलो जितको खोजीमा हुनेछन् । दुवै क्लबले जारी लिगमा जीत दर्ता गर्न सकेका छैनन् ।
फ्रेन्ड्सले पछिल्लो खेलमा जावलाखेल युथसँग ३-३ गोलको बराबरी खेलेको थियो भने मछिन्द्रले शुरुवाती दुई खेलमा गोलरहित बराबरी खेल्दै २ अंक जोडेको छ । त्यस्तै आजै हुने अर्को खेलमा विभागिय टिम त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पाबीच खेल हुनेछ ।
यस अघि आर्मी क्लबले लिगको पहिलो खेलमा न्यूरोड टिम ‘एनआरटी’सँग २-२ गोलको बराबरी खेलेको थियो । त्यसयता आर्मीले लगातार जित हासिल गर्दै आएको छ । लिगमा ४ खेल खेलेको आर्मी क्लबले १० अंक जोडे्को छ ।
त्यस्तै हिमालयन शेर्पा क्लबले पनि पहिलो खेलमा शसस्त्र प्रहरीको ‘एपीएफ’ क्लबसँग गोलरहित बराबरी खेलेको थियो । त्यसयता शेर्पा क्लबले पनि जीत हात पार्दै आइरहेको छ । शेर्पाले ४ खेलमा ३ जित र १ बराबरी गर्दै १० अंक जोडेको छ ।
यता दिउँसो साढे दुई बजे ब्रिगेड ब्वाइज र जावलाखेल युथ क्लबबीच खेल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया