काठमाडौं । नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा फिक्सिङ भएको आरोप लागेको छ । टी–ट्वान्टी लिगका कमेन्टेटर सचिन तिम्सिनाले आफ्नो सामाजिक सञ्जालमार्फत लिगमा फिक्सिङ भएको आरोप लगाएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो अपलोड गर्दै उनले भनेका छन् ‘धेरै यस्ता क्षण मैदानमा देखे, घटनाहरु देखे । विल्कुल आश्चार्यजनक देखे । अहिलेसम्म नेपाली क्रिकेटमा नदेखेको घटनाहरु देखे ।’ उनले कमेन्ट्री गर्दाको अनुभव बताउँदै भनेका छन्, ‘क्रिकेटलाई गलत तरिकाले प्रयोग गरेर फिक्सिङ गराउने क्रियाकलपा मैदानमा देखे ।’
‘नेपाल टी ट्वान्टी लिग करप्सन र फिक्सरको हातमा गएको छ । यो नेपाली क्रिकेटलाई बिगार्ने महत्वपुर्ण कुरा हो ।’ उनले भनेका छन् । उनी नेपाल टी–ट्वान्टीमा शुरुवातदेखिनै आबद्ध छन् । सचिन घरेलु र अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा कमेन्ट्री गर्दै आएका छन् ।
क्यान मुख्य आयोजक रहेको नेपाल टी–ट्वान्टी लिग शुरुवातदेखिनै विवादमा छ । बेटिङ कम्पनी सेभेन थ्री स्पोर्टसलाई कमर्सियल अधिकार दिएर क्यानले प्रतियोगिताको आयोजना गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया