‘ए’ डिभिजन लिग : फ्रेण्ड्स क्लबको पहिलो जीत

काठमाडौं । फ्रेण्ड्स क्लबले जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जीत दर्ता गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतवार भएको पहिलो खेलमा फ्रेण्ड्स क्लबले मछिन्द्र क्लबलाई ३-० गोल अन्तरले पराजित लिगमा पहिलो जीत हात पारेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोल रहित बराबरीमा राकिएको थियो ।

तर, दोस्रो हाफमा सुधारिएको खेल खेलेको फ्रेण्ड्स क्लबले तीन गोल ग-यो । खेलको ६६ औँ मिनेटमा फोफोना ब्राहिमानले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

त्यस्तै ८४ औँ मिनेटमा सन्जोक महर्जनले गोल गर्दै खेललाई २-० को स्थितीमा पु-याए । एक पक्षिय रहेको खेल सकिनै लाग्दा अनिल महर्जनले गोल गर्दै क्लबलाई जीत दिलाए । जीतपछि फ्रेण्ड्स क्लबले ४ अंक बनाएको छ । यसअघि फ्रेण्ड्स क्लबले एक खेलमा बराबरी र तीन खेलमा हार बेहोरेको थियो । 

 त्यस्तै आजै  विभागिय टिम त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पाबीच तथा  ब्रिगेड ब्वाइज र जावलाखेल युथ क्लबबीच खेल हुँदैछ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?