तीन छुट्टाछुट्टै कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आइतवार विभिन्न तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।

स्टकका अनुसार नागरिक लगानी कोष, नेशनल माइक्रोफाइनान्स कम्पनी र श्री इन्भेष्ट एण्ड फाइनान्स कम्पनीको शेयर मूल्य समायोजन भएको हो । 

ती कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट प्रस्ताव गरिएको नगद लाभांश र शेयर लाभांशसहित नयाँ शेयर मूल्य तोकिएको स्टकले जनाएको छ । कोषले आव २०७४/७५ मा गरेको नाफाबाट २२ दशमलव शुन्य ६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो ।

सोही निर्णयका आधारमा आइतवार प्रतिकित्ता एक हजार ७ सय ९१ हुने गरी शेयरमूल्य समायोजन गरेको हो । कोषको औसत आधार शेयर मूल्य दुई हजार ५ सय ५४ कायम भएको छ । आधार मूल्य १ सय ८० दिनको कारोवारका आधारमा तय गरिने व्यवस्था छ ।

 त्यस्तै नेशनल माइक्रोफाइनान्स कम्पनीले पनि २५ प्रतिशत शेयर लाभांश दिएसँगै प्रतिकित्ता एक हजार ४ सय १३ हुने गरी शेयरमूल्य समायोजन गरेको छ । सो कम्पनीको औसत आधार मूल्य एक हजार ३ सय ८६ कायम भएको छ ।

कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीलाई २५ प्रतिशत शेयर लाभांश र कर प्रयोजनका सहित १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

 यसैगरी श्री इन्भेष्ट एण्ड फाइनान्स कम्पनीले एक दशमलव २३ प्रतिशत शेयर लाभांश कर प्रयोजनका सहित आठ दशमलव ७७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । लाभांश वितरणपछि नयाँ शेयर मूल्य १ सय ४२ हुने गरी मूल्यमा समायोजन भएको छ ।

कम्पनीको औसत आधार मूल्य १ सय ८८ कायम भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?