भारतमा पहिलो पटक विद्युतीय  रेल  ट्रेन  १८ को परिक्षण

 एजेन्सी । भारतमा निर्मित विद्युतीय  रेल  ट्रेन १८ ले परिक्षण यात्रा शुरु गरेको छ ।  

इन्जिन बिनाको पहिलो रेल परिक्षण यात्राको क्रममा १७० किलोमीटर प्रतिघण्टाको गति क्षमता देखाएपछि यो भारतकै सबै भन्दा तीब्र गतिको रेल बनेको हो । 

उत्पादक कम्पनी इन्ट्रिगल कोच फ्रयाक्ट्री आइसिएफका महाप्रबन्धक सु्धांशुले दिएको जानकारी अनुसार १७० किलोमीटर प्रतिघण्टाको क्षमता देखाइसकेको र अब रेलवेको परिक्षण यात्रा १८० किलोमीटर  प्रतिघण्टाको लागि हुने बताए । 

रेल बिभागका अनुसार ट्रेन १८ भारतीय रेलवेको इतिहासमै कोशेढुंगा बनेको हो । कम्पनीले यसलाई एक सय करोड भारतीय रुपैयाँको लगानीमा तयार पारिएको बताइएको छ । 

ट्रेन १८ लाई कम्पनीले बुलेट ट्रेन कै स्वरुपमा निर्माण गरेको हो ।  हाल भारतमा सबैभन्दा तीब्र गतिको रेलवे दिल्लीदेखि झाँसी चल्ने गतिमान एक्सप्रेस हो ।   यो रेल १६० किलोमीटर प्रतिघण्टाका दरले कुद्छ।

ट्रेन १८ को हाल दिल्ली मुम्बई राजधानी रुटमा परीक्षण जारी छ। डिसेम्बर महिनाभरमा परीक्षण सकिएपछि रेल बिभागले  प्रतिवेदन सार्वजनिक गर्ने पनि बताइएको छ । ट्रेन १८ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मेक इन इण्डिया  परियोजना अन्तर्गत चेन्नईस्थित कम्पनी आइसिएफले उत्पादन  गरेको हो। 

भारतीय रेल मन्त्रालयले ट्रेन १८ का लागि रुट निर्धारण गर्नेछ। दिल्ली भोपाल रुटबाहेक यसका लागि बनारसको रुट समेत राखिने तयारी भैरहेको छ। चेन्नइ स्थित आसिएफले आगामी फेब्रुअरीदेखि यसलाई ब्यावसायिक रुपमा संचालनमा ल्याउने जनाएको छ। 

आगामी आर्थिक वर्षमा कम्पनीले थप ४ वटा नयाँ रेल ल्याउने तयारी समेत गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?