काठमाडौं। इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले आफ्नो वासिङ मेसिनहरुमा प्रयोग हुने डिजिटल इन्भर्टर मोटर र फ्रिजहरुमा प्रयोग हुने डिजिटल इन्भर्टर कम्प्रेसरमा पहिलो पटक २० वर्षको वारेन्टी प्रदान गर्दै नयाँ आयामको सुरुवात गरेको छ।
सामसङको यो पहलले आफ्ना उत्पादनहरूमा विश्वसनीयता र टिकाउपनलाई अझ मजबुद बनाएर ग्राहकहरूको मन जित्ने कम्पनीको दाबी छ। कम्पनीका अनुसार यसले ई–वेष्ट न्यूनीकरण गर्ने र उपभोक्ताहरूलाई उच्च गुणस्तरीय र टिकाउ उपकरणहरू प्रदान गर्दै दिगो जीवनशैली प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतालाई सामसङले प्रस्तुत गरेको छ।
घरेलु उपकरणहरू बारम्बार प्रतिस्थापनले समय र ऊर्जा खर्च मात्र गर्दैन तर, भौतिक फोहोर पनि उत्पादन गर्दछ, जुन आजको समयमा हाम्रो लागि ठुलो चुनौतीको रुपमा खडा भएको छ। तसर्थ, उपभोक्ताहरूको आत्मविश्वास जित्दै, सामानहरुमा दिगोपनको वाचासहितको (ई–वेष्ट)लाई न्यूनिकरण गर्ने सामसङको उद्देश्यलाई ठुलो टेवा पुग्ने कम्पनीले विश्वास लिएको छ।
सामसुङ नेपालका कन्ज्युमर इलेक्ट्रोनिक्स व्यवसायका उप–महाप्रबन्धक आलोक कुमार गुप्ताले भने,‘डिजिटल इन्भर्टर टेक्नोलोजीद्वारा समर्थित स्थायित्व डिजिटल इन्भर्टर टेक्नोलोजीले ऊर्जा दक्षता र कार्यसम्पादनमा फ्रिज र वासिङ मेसिन जस्ता ठूला उपकरणहरू लामो समयसम्म टिक्नेलगायत धेरै कुराहरूमा प्रभाव पार्छ। जस्तै, २० वर्षको वारेन्टीको सुविधाले यस कोर कम्पोनेन्टहरुको एकताको सुरक्षा गर्दै उपकरणहरूको प्रयोगसमेत विस्तार गर्दछ। विश्वसनीयता मार्फत प्रयोगकर्ताहरूलाई मानसिक रुपमा शान्ति प्रदान गर्दछ र वातावरणीय फोहोर घटाउन मद्दत गर्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया