राष्ट्रिय सहकारी बैंकका सदस्यको खातामा १५ प्रतिशत लाभांश जम्मा

लोकपथ
35
Shares

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ को कारोबारबाट शेयर सदस्य सहकारी संघ संस्थाहरुलाई १५ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकको १९ औँ वार्षिक साधारणसभा सकिएकै दिन सोमवार बैंकले गत आर्थिक वर्षको लाभांश १५ हजार चार सय ७४ सदस्य सहकारी संघ–संस्थाको खातामा लाभांश रकम पठाएको बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।

साधारण सभाले १५ प्रतिशत लाभाशं दिने निर्णय पारित गरे लगत्तै बैंकले खातामा रकम पठाएको बैंकका अध्यक्ष के.बी. उप्रेतीले भने । उनका अनुसार साधारण सभा सकिए लगतै आजै सहकारीहरुको खातामा लाभांश पठाईएको उल्लेख गरे । एकाइ प्रतिनिधिहरुको साधारण सभा सोमवार सम्पन्न भएसँगै देशभरका सहकारीहरुको खातामा लाभाशंको रकम पठाइएको हो ।

बैंकले गत आर्थिक वर्ष ०७८/०७९ मा ४३ करोड ४५ लाख ५७ हजार साता सय ४८ रुपैयाँ लाभांश रकम वितरण गरेको छ । सहकारी बैंकले विगत पाँच वर्ष देखि लगातार १५ प्रतिशत लाभांश प्रदान गर्दै आएको छ । बैंकले वितरण गरेको यो लाभांशमा संरक्षित पूँजी फिर्ता कोषबाट प्राप्त गर्ने रकममा समाबेश नगरीएको बैंकले जनाएको छ । बैंकले जारी गरेको प्रेस विज्ञप्ती अनुसार बैंकसँग कारोवार गर्ने सम्पूर्ण सदस्य संघ/संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा समेत राष्ट्रिय सहकारी बैंकसँग गरिने कारोबारमा वृद्धि गरी थप लाभान्वित हुन सम्पूर्ण सहकारी संघ–संस्थाहरुमा अनुरोध गरेको छ ।

बैंकले छिट्टै नै सदस्यहरुलाई संरक्षित पूँजीफिर्ता कोषको रकम पनि सदस्यको खातामा पठाउने तयारी गरेको छ । बैंकले लाभांश बाहेक कारोबारका आधारमा संरक्षित पूँजीफिर्ता कोषबाट पनि सदस्य सहकारीहरुलाई रकम उपलब्ध गराउँदै आएको छ । संरक्षित पूँजीफिर्ता कोषको रकम कारोबारको आधारमा दिइने र उक्त रकम केही समय पछि प्रदान गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?