काठमाडौं । एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।
आइतबार भएको खेलमा आर्मी त्रिभुवन आर्मी क्लबले हिमालय शेर्पा क्लबलाई २–१ गोलले पराजित गरेको हो ।
आर्मी क्लबका कप्तान भरत खवास चम्कदै दुई गोल गरेपछि आर्मीले विजयी जित निकालेको हो । हिमालयन शेर्पाका उल्रिच सीवीले एक गोल फर्काए ।
पहिलो हाफको ३३ औँ मिनेटमा कप्तान भरतको गोलबाट आर्मीले सुरुवाती अग्रता बनाएको थियो । सन्तोष तामाङको कर्नर बलमा भरतले हेड गोल गरेका थिए ।
त्यस्तै उपाधि दाबेदार आर्मीले खेलको ८६ औँ मिनेटमा भरत कै व्यक्तिगत दोस्रो गोलबाट अग्रता दोब्बर बनायो ।
खेलको ८८ औँ मिनेटमा हिमालयनका उल्रिच सीवीले एक गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।
खेलमा आर्मीका कप्तान भरत म्यान अफ दि म्याच चुनिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया