पेलेको अन्त्योष्टि, १०० वर्षीया आमा सेलेस्टे अरेन्टेस घरमै

लोकपथ
98
Shares

काठमाडौं । विश्व फुटबलका महान हस्ती पेलेको अन्त्योष्टि गरिएको छ ।

मंगलबार राति ब्राजिलको कोर्टेज बन्दरगाह सहरको मेमोरियल कब्रिस्तानमा उनको अन्तेष्टी गरिएको हो ।

पेलेलाई १० मंजिला समाधिस्थलमा दाहसंस्कार गर्नुअघि क्याथोलिक अन्त्येष्टि सेवाको आयोजना समेत गरिएको थियो । पेलेको समाधीस्थल पृथ्वीको सबैभन्दा अग्लो स्थानमा रहेको भन्दै गिनिज वल्ड रेकर्ड राख्ने बताइएको छ ।

ब्राजिलका फुटबल आइकन पेलेको अन्त्योष्टि अघि पार्थिव शरीरलाई उनको पूर्व क्लब सान्तोषको अर्बानो काल्डेइरा रंगशालामा २४ घन्टा श्रद्धान्जलीका लागि राखिएको हो । उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्ने हजारौँको भिड लागेको थियो ।

उनको शवलाई फायर ट्रकमा निजी परिवारको अन्त्येष्टिमा लगाउँदा मंगलबार मानिसहरू सडकमा रोदनसहित भिड भएको थियो ।

ब्राजिलको परम्परा जस्तै प्रशंसकहरूले ‘पेले, १ हजार गोल’ भन्ने नारा समेत लगाएका थिए । सयौं मानिसहरूले ठूला–ठूला ब्यानरहरू फहराएका थिए भने मानिसहरु उनले लगाउने गरेको १० नम्बरको जर्सी लगाएर भीडमा सहभागि भएका थिए ।

सान्तोस एफसीले २ लाख ३० हजार भन्दा बढी जनता बेल्मिरो स्टेडियममा उनको श्रद्धान्जलीमा उपस्थित रहेको जनाएका छन् । २४ घन्टाको श्रद्धान्जली सभामा रातभर शोक गर्दै श्रद्धान्जली अर्पण गरेका थिए ।

तीन पटकको विश्वकप विजेता पेलेको ८२ वर्षको उमेरमा २९ डिसेम्बरमा निधन भएको थियो । निस्सन्देह विश्वको सबैभन्दा महान फुटबलर पेले उनी २०२१ देखि कोलोन क्यान्सरको उपचार गराइरहेका थिए ।

पेलेको घरबाट श्रद्धान्जली परेड निस्कदा उनको १०० वर्षीया आमा सेलेस्टे अरेन्टेस घरमै रहेकी थिइन् ।

ब्राजिलको सरकारले उनको मृत्युपछि तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको थियो । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पनि उनको श्रद्धाञ्जली दिन सान्तोस पुगेका थिए । ब्राजिलको झण्डाले ढाकिएको पेलेको शवलाई समर्थकहरूको खचाखच भरिएको सडकमा फायर ट्रकमा लगाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?