काठमाडौं । रिपब्लिकन नेता केभिन म्याकार्थी अमेरिकी प्रतिनिधि सभाको सभामुखमा निर्वाचित हुन नसकेपछि अमेरिका एक शताब्दीयता पहिलो पटक सभामुखविहीन बन्न पुगेको छ ।
अमेरिकी संसदमा देखिएको नाटकीय राजनीतिक घटनाक्रममा रिपब्लिकन नेता केभिन म्याकार्थी अमेरिकी प्रतिनिधि सभाको सभामुख निर्वाचित हुन उभिए पनि उनलाई आवश्यक बहुमत पुगेन ।
जसका कारण मङ्गलबार रातिको अमेरिकी सदन सभामुख बिना नै स्थगित हुन पुग्यो । जसले सन् १९२३ पछि अमेरिकी संसद पहिलो पटक पहिलो चरणको मतदानपछि सभामुख छान्न असफल बन्यो ।
गत नोभेम्बरको चुनावमा रिपब्लिकनले तल्लो सदन प्रतिनिधि सभामा नियन्त्रण गर्न पुग्ने बहुमत जुटाएको भए पनि म्याकार्थीलाई आफ्नै दलका सांसदले नसघाउँदा शताब्दीयता संसद सभामुखविहीन बन्न पुग्यो ।
आफ्नो पार्टीको २२२ सिट हुँदाहुँदै पनि क्यालिफोर्नियाका सांसद म्याकार्थीले तीन पटक लगातार गरिएको प्रयासमा पनि बहुमतका लागि आवश्यक २१८ मत जुटाउन सफल नभएको बीबीसीले जनाएको छ ।
सभामुख चुन्न बुधबार पनि मतदान त हुनेछ । तर, उनले जित्नेछन् नै भन्न नसकिने खबरहरुमा उल्लेख छ । कसैगरी, म्याकार्थीले जिते पनि सदन हुने उथलपुथल र दक्षिणपन्थी रिपब्लिकनहरूबीचको सम्बन्ध एक अर्कामा युद्धको जस्तो हुने विश्लेषण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया