काठमाडौं । अमेरिका र चीनबीच नयाँ व्यापारिक समझदारी भएसँगै एशियाली अर्थ बजारमा सुधार देखिन थालेको छ ।
जी–२० राष्ट्रहरुको सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनियाँ राष्ट्रपति सि जिनपिङले नयाँ व्यापारिक योजना ९० स्थगीत गर्ने समझदारी गरेका थिए ।
दुई ठूला अर्थतन्त्र भएका मुलुक अमेरिका र चीनबीचको व्यापारिक द्वन्द्वको असर एशियाली बजारले खेप्दै आएको थियो । तर, अहिले दुई देशबीच भएको नयाँ व्यापारिक समझदारी पछि एशियाली बजारमा सुधारको संकेत देखिएको बीबीसीमा उल्लेख छ ।
पछिल्लो सहमतीपछि एशियाली मुलुक जापानी शेयर बजारमा १ र हङकङको बजारमा २ प्रतिशतको सुधार देखिएको छ भने अन्य एशियाली मुलुकका शेयरबजारमा सुधारको संकेत आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया