बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लियो

एजेन्सी । डिफेनिडङ च्याम्पियन बार्सिलोना जारी स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । 

आफ्नो घरेलु मैदानमा आइतवार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई २-० गोल अन्तरले पराजित गर्दै पुन लिगका शीर्ष स्थानमा उक्लिएको हो । खेलको ३६ औँ मिनेटमा बार्सिलोनाका लागि गेरार्ड पिकेले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले अगाडि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल थप्यो । खेलको ८७ औँ मिनेटमा एलेनाले गोल गरे । निर्धारित समयसम्म भ्यालेन्सियाले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा २-० को हार बेहो-र्यो ।

जितपछि बार्सिलोनाले १४ खेलबाट २८ अंक बनाएको छ । 

त्यस्तै आइतवार राति नै भएको अर्को खेलमा एथ्लेटिको म्याड्रिडले जिरोनासँग एक-एक गोलको बराबरी खेलेको छ । यता रियल बेटिसले रियल सोसिडाटलाई १-० गोल अन्तरले हरायो । सेभिल्ला र एल्भेससँग एक-एक गोलको बराबरी खेल्दै अंक बाडेका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?