एजेन्सी । नर्थन वारियर्सले संयुक्त अरब इमिरेट्स ‘युएई’मा सम्पन्न टी-टेन क्रिकेट लिगको उपाधि जितेको छ ।
शारजाह क्रिकेट स्टेडियम मैदानमा आइतवार राति सम्पन्न भएको फाइनल खेलमा नर्थन वारियर्सले पख्तुन्सलाई २२ रनले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो । १ सय ४१ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको पख्तुन्सको पारी ७ विकेटको क्षतीमा मात्र १ सय ४१ रनमा समेटिएको थियो ।
पख्तुन्सका लागि आन्द्रे फ्लेचरले सर्वाधिक ३७ रन बनाए । उनले १८ बलमा २ चौका र ४ छक्का प्रहार गरे । शफिक उल्लाहले २६ रन तथा कप्तान शाहिद अफ्रिदीले १७ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।
नर्थन वारियर्सका क्रिस ग्रीनले २ ओभरमा ११ रन खर्चेर २ विकेट हात पारे । त्यस्तै हार्डसले २ तथा आन्द्रे रसेल र रभी बुपराले समान एक-एक विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नर्थनले ३ विकेट गुमाउँदै १ सय ४० रनको योगफल तयार पारेको थियो । नर्थन वारियर्सका लागि रोवमन पावेलले नटआउट ६१ रन, आन्द्रे रसेलले ३८ रन तथा निकोलस पूरनले १८ रन जोडे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया