काठमाडौं। कुमारी बैंकको ‘आइतवार’ बसेको बैंक सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट शेयरधनीलाई १२ दशमलव ७५ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ।
बोनसमा तत्कालिन काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स कम्पनीका शेयरधनीलाई बोनसमा लाग्ने कर छुट हुनेछ।
प्रस्ताबित लाभांश साधारणसभा र नेपाल राष्ट्र बैंकबाट पारित भएपछि शेयर धनीले पाउनेछन् ।
बैकको प्रस्ताव अनुसार लाभांशपछि चुक्ता पूँजी आठ अर्ब रुपैयाँ पुग्ने छ। बैंकले सात अर्ब १६ करोड रुपैयाँमा १२ दशमलव ७५ प्रतिशत लाभांश दिने भएको हो। बैंकले आर्थिक बर्ष २०७४/७५ को लाभांश अझै घोषणा गर्न बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया