सिटिजन्स बैंक र सिद्धि पोलि प्याथल्याबबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक र सिद्धि पोलि प्याथल्याब प्रा.लिबीच सम्झौता भएको छ । 

बैंक र पोलि प्याथल्याबबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । बैंकका प्रमुख अधिकृत पारस कुमार काफ्ले र प्याथल्याबका  डाईरेक्टर डा.विश्व क्षेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । 

सिटिजन्स बैंकका डेबिट्क्रेडिट कार्डवाहक ग्राहकहरुले सिद्धि पोलि प्याथल्याबको प्रयोगशालामा मेडिकल गराउँदा सम्झौता पश्चात विशेष छुट पाउँने छन् । बैंकले यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास लिएको छ ।

बैंकले  देशैभरी रहेको आफ्ना ८० वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ् एकाईहरुबाट करिव ३ लाख ५० हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ् सेवाहरु प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?