रुसी राष्ट्रपति पुटिनले गरेको युद्धविराम यूक्रेनद्वारा अस्वीकार

लोकपथ
77
Shares

काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरेको ३६ घण्टे युद्धविरामलाई युक्रेनले खारेज गरिदिएको छ । रुसी ‘अर्थोडक्स’ क्रिसमसको समयमा पर्नेगरी राष्ट्रपति पुटिनले युद्धविरामको घोषणा गरेपनि यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सीले भने अस्वीकार गरेका हुन् ।

युक्रेनी फौजको अग्रता रोक्ने र रुसी सैनिकलाई युद्धमोर्चानजिक पुग्न दिनका लािग मात्र मस्कोले युद्धविराम घोषणा गरेको भन्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युद्धविराम नमान्ने भनेका हुन् ।

मस्कोको समय अनुसार शुक्रवार राति १२ बजेबाट शुरु हुने ३६ घण्टे युद्धविराम रुसी ‘अर्थोडक्स’ क्रिसमसको समयमै पर्नेछ । रुसी ‘अर्थोडक्स’ गिर्जाघरका प्रमुख प्याट्रिआर्क किरिलले गरेको अपिललाई मानेर आफूले सेनालाई युद्धविराम गर्न आदेश दिएको पुटिनको भनाइ छ ।

युक्रेनलाई पनि सोही अनुरूप युद्धविराम गर्न मस्कोले गरेको आग्रह किएभले अस्वीकार गरेको हो । रुसी अर्थोडक्स गिर्जाघरले जनवरी ७ मा क्रिसमस मनाउने गर्दछ ।

युक्रेनमाथि आक्रमण गरेको १० महिनाभन्दा लामो समयपछि रुसले पहिलो पटक गरेको युद्धविरामलाई यूक्रेनले कूटिल चाल भन्दै अस्वीकार गरिदिएको हो ।

युक्रेनी राष्ट्रपतिका सल्लाहकार माइखेलो पाडोल्याकले कब्जा गरेको युक्रेनी भूमि छाडेर रुसी सेना फिर्ता नभएसम्म कुनै पनि अस्थायी युद्धविराम नहुने प्रष्ट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?