अक्षयकुमार र रजनीकान्तको ‘२.०’ ले कति कमायो?

मुम्बई । सुपरस्टार रजनीकान्तका निर्माताले सोमबार आफ्नो फिल्म ‘२.०’ ले बक्स अफिसमा पहिलो हप्तामा ४ सय करोडभन्दा बढी कमाएको बताएका छन् । शंकरको वर्ष सन् २०१० को ब्लकबस्टर फिल्म ‘रोबोट’ को सीक्वेल यो फिल्म तमिल, तेलुगु र हिन्दी भाषामा रिलिज भएको थियो ।

लयका प्रोडक्सनमध्येका एकले फिल्मले ४ सय करोड कमाएको बताएको भारतीय मिडियाले लेखेका छन् । ‘२.०’ मा रजनीकान्त तीन फरक–फरक भूमिकामा छन् । फिल्ममा अक्षयकुमारको पनि जबरजस्त अभिनय छ भने एमी ज्याक्सन रोबोटको भूमिकामा देखिएकी छिन् ।

अक्षयको यो दक्षिण एसियामा पहिलो फिल्म हो र उनी फिल्ममा पन्छीविद् र भिलेनको रुपमा देखिएका छन् । ६ सय करोडको बजेटमा बनेको यो फिल्ममा रजनीकान्त एक वैज्ञानिक र रोबोटको भूमिकामा देखिएका छन् ।

यो फिल्मका लागि रजनीकान्तले १२ किलोको रोबोटिक सुट लगाएका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?