काठमाडौं । विश्वकप विजेता अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी अहिले सर्वकालिन खेलाडीको रुपमा स्थापित भएका छन् । मेस्सी सन् २०२१मा स्पेनीस क्लब बार्सिलोनाबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)मा आवद्ध भएका थिए ।
बार्सिलोनासँग निकै राम्रो सम्बन्ध र पुराना खेलाडी भएका भएपनि आर्थिक मन्दीका कारण उनले क्लब छोडेका थिए ।मेस्सीले एकाएक बार्सिलोना छोडेपनि धेरै खबरहरु बाहिरिएका थिए । यसैबीच बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले एक अन्तर्वार्तामा मेस्सीले क्लब छोड्नुको कारणबारे चर्चा गरेका छन् ।
मेस्सीलाई क्लब छाड्ने अनुमति दिनुभन्दा आफ्नो अरु विकल्प नरहेको बार्सिलोनाका अध्यक्ष लापोर्टाले प्रस्ट्याएका छन् ।
‘मैले बार्सिलोनालाई फुटबलको इतिहासमा जोगाइ राख्न मेस्सीलाई क्लबबाट बिदा दिनु हुँदैन थियो तर त्यसबेलाको आर्थिक मन्दीका कारण मैले यो कदम उठाएको थिए ।’ लापोर्टाले स्वीकार गरे। ‘अहिले मेस्सी पीएसजीबाट खेलिरहेका छन् । र म उहाँको बारेमा कुरा गर्न रुचाउँछु। हामी बार्सिलोनामा केन्द्रित छौं ।’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया